Breaking

किसानको दुःखमा सरकार बेखबर, सभामुखले नै चाले कदम, रामहरीको भाषणले ललिता निवासमा नयाँ ट्वीस्ट


काठमाडौँ — सासदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा सरकारले देखाएको तदारुकतामा असन्तुष्टि जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा वैठकमा सांसदहरुले ललितानिवासको सरकारी जग्गा प्रकरण र मिटरब्याज सम्बन्धी विधेयकमा सरकार गम्भीर नभएकोमा सरकारको ध्यानाकर्षण गराए । बैठकमा सभामुख देवराज घिमिरेले लम्पी स्किन रोगबारे लगातार संसदमा प्रश्न उठिरहेकोले यसबारे सरकारको जवाफ मागेका छन्, सदनमा जानकारी गराउन रुलिङ् गरिएको छ ।

मिटरब्याज सम्बन्धी अध्यादेश सत्ता र प्रतिपक्षीबीचको किचलोका कारण निस्किृय हुन पुगेसँगै मिटरव्याजी पीडितहरु थप आन्दोलित बनेका छन् । प्रतिपक्षले संसद वैठक अवरुद्ध गरेकै कारण अध्यादेश निस्कृत हुन पुगेको सन्देश प्रवाह भईरहेको समयमा प्रतिपक्षी दलका सांसदहरुले तत्काल यो विषय संसदको कार्यसूचीमा राख्न माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा वैठकमा रास्वपा सभापति एवम् सांसद रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी नै दिएका छन् । सत्तापक्षकै केही दलका कारणले मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको गाईंगुई सुनिएको उल्लेख गर्दै उनले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा भन्ने खुल्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले पनि अनसन्धान भईरहेको छ, पक्राउ पर्ने क्रम जारी छ । यस्तोमा, यो प्रकरणको अनुसन्धानप्रति सांसदहरुले संका व्यक्त गरेका छन् । शुक्रबारको वैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको निर्णय गर्ने तत्कालिन प्रधानमन्त्रीलाईसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणलगत्तै सरकारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको फाईल पनि पल्टाएको छ । लगत्तै, केही उच्च पदस्थ व्यक्तिहरुसमेत समातिएका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजिएकोमा आपत्ति जनाए । किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने पक्षमा उनी उभिएका छन ।

घर पालुवा पशु चौपायमा लम्की स्कीन रोग देखिएको लामै समय भयो । यसबारे पटक–पटकको संसद वैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण पनि गराए । तर, किसानको भविश्यसँग जोडिएको सांसदहरुले उठाएको यो विषयमा सरकारले कुनै कदम अघि बढाएको देखिएन ।

यसअघिका वैठकमा जस्तै शुक्रवार पनि एमाले प्रमुख सचेतक पदम गिरीले ४ महिनाको अवधिमा ८ लाख पशु चौपाय संक्रमित भएको र २७ हजार मरेको तथ्यांक पेश गर्दै सरकारको तदारुकता आवश्यक रहेको औँल्याए । रास्वपाकी सांसद रोशनी काकीले पनि लम्पी स्किनको रोकथामका लागि सरकारी योजनाबारे सरकारको जवाफ मागे । पटक–पटक सांसदहरुले यसबारे कुरा उठाएपछि सभामुख देवराज घिमिरेले रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रवारको प्रतिनिधिसभा वैठकमा केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतको अभिव्यक्तिबारे पनि प्रश्न उठेको छ । नेकपा एमालेका सांसद ठाकुर गैरेले बहालवाला मन्त्रीजस्तो व्यक्तिले आत्महत्यालाई प्रोत्साहन गर्ने खालको अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । शुक्रवार अरु सांसदहरुले पनि समसामयीक विषयहरुमा प्रश्न उठाएका थिए । अर्को वैठक यहि असार ३१ गते बस्तेगरी वैठक स्थगिथत भएको छ ।