Breaking

ऋऋे को सास्ती, लु को दवाव, स्थानीयको विरोध, के चाहान्छ अमेरिका ?


काठमाडौँ — मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए)ले एमसीसी परियोजना अगष्ट ३० देखि कार्यन्वयनमा लैजाँदै छ । परियोजनाको काम सन् २०२८ अगष्ट ३० मा सम्पन्न गर्नुपर्नेछ । पाँच वर्षभित्र काम सम्पन्न नभएमा परियोजनामा खर्च हुन नसकेको रकम फिर्ता जाने छ । सोही कारण पनि पूर्व तयारीलाई एमसीए नेपालले प्राथमिकतामा राखेको छ । परियोजना कार्यन्वयनको पूर्वसन्ध्यामा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आईपुगेका छन् भने, उच्चस्तरीय भेटवार्ता गरेका छन् । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू यत्तिबेला काठमाडौंमा छन ।

अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा बंगलादेश हुँदै एकाएक नेपाल आएका हुन् । केहि घण्टाका लागि मात्र काठमाडौ ओर्लिएका लु ले उच्चस्तरीय कुटनीतिक भेटघाट गरेका छन् । राजनीतिक दलका शीर्ष नेतृत्वदेखि निजी क्षेत्रसँग समेत लु ले शिष्टचार भेटघाट गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि अरु शीर्ष नेताहरुलाईसमेत उनले भेट गरेका छन् ।

यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी सदनबाट अनुमोदन गराउन सफल लु अमेरिकी शैन्य सहयोग स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा नेपाललाई सहभागी गराउन सक्रिय मात्र भएन्न छिमेकी चिनसँग वाकयुद्धमै उत्रिएका थिए । एमसीसी र एसपीपीको रस्साकस्सी सुल्झाउन यसअघि नै दुई पटक नेपाल आएका लु नेपालले एसपीपी अस्वीकार गरेपछि भने पहिलो पटक नेपाल आएका हुन् । एमसीसी अनुमोदनसँगै कार्यन्वयनको चरणमा छ ।

तर सदन र सरकारले एमसीसी परियोजना स्वीकार गरेर अगाडि बढाए पनि नागरिक स्तरमा एमसीसी परियोजनाप्रतिको नकरात्मक टिप्पणी अझै चिर्न सकेको छैन । परियोजना अन्तर्गतका कामहरु सहज कार्यन्वयन हुन सकिरहेको छैन । परियोजना निर्माण क्षेत्रको जग्गा अधिग्रहण नै फलामको चिउरा चपाए सरह बनिरहेको छ । राजनीतिक दलहरुले नै एमसीसीलाई राजनीतिक मुद्धा बनाउँदा यस अन्तर्गतका योजनाहरु अघि बढाउने विषय थप पेचिलो बनिरहेको छ ।

एमसीसी अन्तर्गतका परियोजनाहरु निर्माणमा सरकार र राजनीतिक नेतृत्वलाई दवाव दिने उदेश्य सहित उनी नेपाल आएको कतिपयको विश्लेषण छ । लु को नेपाल यात्रा एमसीसी कार्यन्वयन र नेतृत्वलाई दवाव सृर्जना गर्ने विश्लेषण भई रहँदा कतिपयले भने एमसीसी कार्यन्वयनमा नेतृत्वलाई दवाव भन्दा पनि बदलिँएको भु–राजनीतिक प्रभाव र अन्तराष्ट्रिय अवस्थाका सवालमा छलफल गर्न पनि लु नेपाल आएको विश्लेषण छ ।

संख्यात्मक रुपमा मात्र नभई भ्रमणको परिणाम समेत परिक्षण गर्ने अमेरिकी उच्च अधिकारीहरुको नेपाल ताकेता राजनीतिक नेतृत्वलाई दबाव दिएरै आफ्नो रणनीतिक स्वार्थ सिद्ध गर्न सफल छन । राजनीतिक नेतृत्वले कुटनीतिक व्यवहार र मर्यादाको ख्याल नै जुन सुकै बेला बेला जहाँ कही लम्पसार परेर गरिने स्वागत र शिष्टचारले यसलाई थप प्रसय मिल्नु स्वभाविक छ । बदलिएको विश्व राजनीतिक नेपालको भु–राजनीतिक परिवेशको ख्याल गर्दै कुनै मुलुक वा कुटनीतिज्ञको दवाव वा प्रभावमा भन्दा राष्ट्रहितलाई केन्द्रमा राखेर कुटनीतिक व्यवहार निर्विकल्प शर्त हो । त्यसतर्फ नेतृत्व चनाखो हुने कि ?