Breaking

प्रचण्ड गलाउन नसकेको एमाले अव के गर्छ ? कसरी ल्याउलान् २०८४ मा बहुमत ? रास्वपाको अबको रणनीति के ?


काठमाडौँ — एमाले प्रहारबाट उम्किँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वलियो बन्दा प्रतिपक्षी भने कमजोर देखिन थालेका छन । जहाँ नयाँ वैकल्पिक समिकरणको सम्भावना समेत तत्काल नरहेकोमा उनीहरु ढुक्क हुन थालेका छन् ।आफ्नै विचारको नयाँ धुव्रको निर्माणले दवावमा परेको एमाले र रास्वपाकोआफू फरक देखिने प्रयासले एक ठाँउमा नदेखिएको प्रतिपक्षीको अवको रणनिति के ?भन्ने चासो समेत यसले बढाएको छ । कांग्रेसबाट हत्याएर माओवादीसहितको गठबन्धन बनाएर सत्तामा पुगेको एमाले आफ्नै कारण सदावहार प्रतिपक्षीतर्फ उन्मुख छ ।

यो विचमा कांग्रेसले थापेको ढोक्सामा माओवादी केन्द्र पर्दा हातमा परेको माछो उम्काएको पीडा भुल्न एमालेले अझै सकिरहेको छैन । गठबन्धनले कहि नपुग्ने अवस्थाकै कारण आफ्नै संगठन विस्तारको रणनितिमा समेत सफलता प्राप्त गर्न नसकेको एमालेसँग अहिले चाहे सरकार एक हप्तामा ढाल्न सक्ने धम्की बाहेक केहि बाँकि छैन । यो विचमा सरकारको निति तथा कार्यक्रममा केहि पेल्न सफल भएको उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका गतिविधिका विषयमा प्रतिपक्षी एक ठाँउमा उभ्याएको थियो ।

प्रधानमन्त्रीका लागि निकै सकसपूर्ण देखिएको यो अवस्थामा कांग्रेसकै महामन्त्रीहरु प्रतिरक्षा उतँदा प्रतिपक्षीहरु हेरेको हेर्यै भए । नभाग्ने तर लचक बनेर संसद फेस गर्ने रणनितिमा प्रचण्ड सफल हुँदावजेटमा निर्णायक भुमिकामा रहेको एमालेले आफ्नो रणनीतिलाई सफल बनाउन सकेन । हुन त उप चुनावमा सत्ताघटक भित्रै देखिएको प्रतिस्पर्धाले केहि उत्साहित एमालेले एघार दलिय गठबन्धन नै धेरै नटिक्ने आशामा थियो ।

त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन र सत्ता छोडेपछि समेत वैकल्पिक आशाको झिल्को देखेको एमालेले त्यसअघिबाटै राप्रपा र रास्वपालाई आफ्नै पकडमा राखिरहेको थियो । तर कुनै रणनितिमा समेत सफल नभएको एमालेलाई आगामी आर्थिक बर्षको बजेट पास हुन नदिने भन्दै सत्ताघटककै केहि नेताहरुले चर्को स्वर गर्दा हौसिएको थियो । फलत ः एमाले वैकल्पिक समिकरणको सपना नै देखिसकेको भएपनि उता प्रचण्ड समेत समाजवादी मोर्चा बनाएरु नयाँ सम्भावित समिकरणको सम्भावना नै साघुरो बनाउन सफल भए ।

जहाँ ललिता निवास जग्गा प्रकरणले फरक मत राख्नेहरु समेत नरम हुदाँ एमाले पुन एक पटक निराश बन्यो । यो विचमा एमाले कांग्रेस समिकरणको चर्चा संगै दोश्रो तहका नेताहरु समेत सक्रिय बन्दा प्रचण्डको मनमा समेत चिसो पसेको थियो । जहाँ आफ्नै अभिव्यक्ति गलपासो बन्दा कांग्रेस महामन्त्रीहरुले प्रचण्डविरुद्ध दिएको अभिव्यक्तिले नयाँ चर्चा सुरु भयो ।

तर कांग्रेस सभापती शेरबहादुर देउवालाई फकाउन र मोर्चा अझ वलियो बनाँउदै अघि बढ्न सफल प्रचण्डका अघि एमालेले आफै पछि हट्न बाध्य बन्यो । जसले एमाले पुन एक पटक आफ्नो रणनितिमा असफल भएको अर्को उदाहरण थपिदा एमालेका नेताहरु सत्तामा जाने चलखेलनमा नरहेको बताँउदै आएका छन ।

संघमा कांग्रेस ८८ सिटसहित पहिलो र ७९ सहित दोस्रो दल भएपनि एमालेले गुमाउने र कांग्रेसले पाउने क्रम बढ्दो छ । त्यस्तै सत्ताको चावी समेत आफ्नो हातमा रहेको फाईदामा कांग्रेस रहदाँ जनमत पार्टीलाई समेत सरकारमा समेट्ने तयारीमा प्रचण्ड छन । अर्कातर्फ आफूमाथि एमालेको पुच्छरको आरोप लागेपछि फरक सुनिन थालेको रास्वपा समेत अहिले आफू सरकारको स्थायित्वको पक्षमा रहेको बताँउन थालेको छ ।

यता एमालेमाथि भने समाजावादी मोर्चाका नाममा हुन थालेको धुव्रीकरणले समेत चिन्ता थपिदिएको छ । सदस्यता नविकरणमै आएको गिरावट र लालकिल्ला भनिएकै ठाँउमा समेत पहिचानवादीको चेपुवामा परेको एमालेको पार्टी सुदृढिकरणको नितिले समेत आशातित सफलता प्राप्त गरेको छैन । जसले न त सत्ता न त वलियो शक्ती दुवै नहुने अवस्थामा एमाले पुगेको त हैन भन्ने प्रश्न उब्जिदा उसको आगामी रणनितिमा सवैको चासो केन्द्रीत बनेको छ हो । एक्लीएको उसका लागि सत्ता प्राप्तीका लागि कांग्रेस फकाउने विकल्प वाँकि भएपनि ठुलो शक्ती निर्माणको आधार के भन्ने समेत यसले प्रश्न उब्जाएको हो ।

हुन त एकीकृत समाजवादी पार्टीभित्रकै असन्तुष्टि एमालेकै लागि फाइदाजनक हुने आशा समेत छ । जहाँ उमेर हद हटाएर अश्त्र चालेको एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी खोज्न थालेको चर्चा समेत छ । त्यस्तै प्रतिक्षमै वस्दा घट्दै जाने नयाँको ओजले समेत पुराना दलप्रतिको वितृष्णा यहि उचाईमा नबढ्ने विश्लेषणले वामघटकको एक धुव्र कायम रहेने एमालेको अपेक्षा हुनसक्छ । यद्यपीसवैतिर प्रतिकुल बनेको अवस्था फेल खाईरहेको र रणनिति समेत फेल खाईरहेको एमालेका लागि आगामी दिन सोचजति सजिलो भने छैन ।