Breaking

यी हुन् मनाङको हेलिकोप्टरमा सवार ५ मेक्सिकन नागरिक


काठमाडौँ – सोलुखुम्बुबाट काठमाडौँका लागि उडेपछि बेपत्ता मनाङ एयरको हेलिकोप्टरमा एकजना नेपाली पाइलटसहित ५ मेक्सिकन नागरिक रहेका पुष्टि भएको छ ।

सोलुखुम्बुको सुर्के हेलिप्याडबाट बिहान १० बजेर १२ मिनेटमा उडेर काठमाडौँ आउँदै गएको हेलिकोप्टर लिखु पिके गाउँपालिका — ५ र रामेछापको सीमा सीमास्थित लामाजुरा क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको हो ।
सम्पर्कविहीन उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको लिखु पिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले बताएका छन् । उनका अनुसार अहिले केही स्थानीयलाई दुर्घटनाग्रस्त क्षेत्रमा पठाइँदैछ । हेलिकोप्टर क्षतविक्षत भएकाले यात्रुलाई जीवितै भेट्ने सम्भावना कम छ ।

मनाङ एयरको हेलिकप्टर सीबी गुरुङले कमान्ड गरेका थिए । जसमा मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष रहेका छन् ।

मनाङको यात्रु लिस्टअनुसार हेलिकोप्टरमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन् ।