Breaking

पृथ्वी राजमार्गको अतिक्रमण विरुद्ध पोखरा महानगरले चलायो डोजर


काठमाडौँ – पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ २३ मिटर मापदण्डभित्र परेका संरचना हटाउन थालेको छ ।
पोखरा महानगरपालिकाले डोजर लगाएर सोमबारदेखि ती संरचना हटाउन सुरु गरेको छ । एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । उनकाअनुसार स्थायी-अस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागेको हो ।

‘बाटोका लागि एडीबीको टिम पर्सि आउँदैछ । त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ मेयर आचार्यले भने ।

एसियाली विकास बैंक को सहयोगमा यो राजमार्गलाई विस्तार गरेर ४ लेन बनाउन लागिएको हो ।
विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ ।