Breaking

औचित्यजोगाउन सानादललाई सकस, सत्ता नै प्रमुखलक्ष, माधव र उपेन्द्र प्रचण्डको कार्यकर्ता बने


काठमाडौँ — संसदीय राजनीतिको अन्तिमलक्ष नै सत्तायात्राभएको हुँदा सानादललाई सरकारमा सामेल हुन र सदनमाआफ्नो औचित्यजोगाई राख्नपनिठूलादलको पछिलाग्नु पर्ने बाध्यता छ । एक्लै सरकार हाक्ने हैसियतबनाउननसक्ने सानादलहरुको लक्षपनि सत्ताप्राप्ति नै हुँदा जस्तो सुकै अवस्थामापनि सत्ताको च्याँखे थाप्ने गरेका छन् । सदनमा नेपालीकांग्रेस, नेकपामाओवादी केन्द्रलगायतदलहरु सत्तापक्षीयकित्तामाछन् ।

नेकपाएमाले, राष्ट्रिय स्वतन्त्रपार्टीलगायत नेताहरु प्रतिपक्षीकित्तामाछन् । मुख्यतः सदनमाकांग्रेस, एमाले र माओवादी केन्द्रको वर्चस्व रहँदाअन्य सानादलहरु भने सत्ताको स्वादचाख्नकै लागिठूलादलहरुको पछिपछिहिड्ने गरेको तथ्य दृष्टान्त छ । उनीहरु कतिखेर कसको साथलाग्दा सरकारमा सहभागीहुनपाईन्छभन्ने ध्याउन्नमै केन्द्रीतभएको देखिन्छ । केन्द्रदेखि प्रदेशसम्मै सत्ताप्राप्तिको खेलमा सानादलहरु च्याँखे थाप्नमातल्लिन देखिन्छन् । प्रदेश खारेजीको एजेण्डाबोकेर जनतामागएको राष्ट्रियप्रजातन्त्रपार्टीसमेत बाग्मतीप्रदेशको सभामुख र कोशीको मुख्यमन्त्रीदाबी गरेर बसिरहेको छ ।

त्यस्तै, नयाँ राजनीतिकदलके रुपमाउदाएको डा. सिके राउत नेतृत्वको जनमतपार्टीपनिसरकारमा बस्ने र बाहिरिनेलुकाबारी खेलिरहेको छ । पहिले मालदार मन्त्रालयको अपेक्षा राखेर मन्त्रिमण्डलमा सामेल भएको सीके राउत नेतृत्पको जनमत रोजेजस्तो मन्त्रालयनपाएपछि सरकारबाटबाहिरिएको थियो । अहिले फेरि जनमतपार्टी सत्तायात्राको बाटोमाअघिबढेको छ । संसदीयव्यवस्थामा संसद् नै कब्जागर्नुपर्ने बुझेका राउतपार्टीको अवधारणा पुरा गर्नकै लागिपनि सत्तामा सामेल हुनु पर्ने बताउँछन् ।

मधेश प्रदेशमाविश्वासको मतकायम राख्न सफलभएको जनता समाजवादीपार्टी कोशीप्रदेशमा सत्ताकै लागितटस्थ बस्यो । एमालेले जसपालाई मधेशमाविश्वासको मतदिएपनि कोशीमाभने जसपाले विश्वासको मतनदिएर बार्गेनिङको राजनीति गर्यो । जसपाको तटस्थ बस्नुको कारण कोशीमाजसको सरकार बन्छ त्यसैमा सामेल हुने रणनीतिहो । राष्ट्रिय स्वतन्त्रपार्टीलाई त अहिलेसम्मपनि सरकारलाई दिएको समर्थन र फिर्ताको सवालको सामनागर्नु गरिरहनुपरेको छ ।

सभापति रविलामिछाने गृहमन्त्री रहँदासम्म सरकारमा सहभागी रहेकोमामन्त्री पद गुम्नेवित्तिकै पार्टी नै सरकारबाटबाहिरियो । यो पटक सत्तायात्राबाटहातधुनपुगेको रास्वपाले पनिआफ्नो अन्तिमउदेश्य नै सत्ताप्राप्तीठानेको छ । उसले ०८४ सालमा जसरी हुन्छचुनावजितेर सबैभन्दाठूलो पार्टी बन्ने र आफ्नो नेतृत्वमा सरकार गठन गरेर सत्ताको स्वादलिने सपनाबोकेको छ ।

केहीकम्युनिष्ट र केही गैर कम्युनिष्टशक्तिहरुको मिलेमतोमा केहीदिनअघि समाजवादीमोर्चा नेपालघोषणाभयो । तर मोर्चाको अहिलेसम्म बैठक नै बस्न सकेको छैन । मोर्चाको औचित्यमाथि नै प्रश्नउठिरहँदामोर्चामा सामेल नेकपाएकीकृत समाजवादी बजेटलगायत सरकारको अन्यथुप्रै काममाअसन्तुष्टभए ।

तर, सत्ताबाटहातधुनुपर्ने खतराकै बाबजुतअहिले प्रधानमन्त्रीप्रचण्ड नै सर्वेसर्वा हो भन्नथालेको छ । छटपटीको चाङमा बसेको माधव नेपाललाई सत्तामा रहेरै पार्टीको औचित्यबचाईराख्नु पर्ने बाध्यता छ । संसदीय राजनीतिको अन्तिमलक्ष नै सत्तायात्राहँुदाएक्लै भिड्न नसक्ने सानादलहरु ठूलापार्टीको बुईमा नै रमाउने विषयलाई सामान्य नै मान्नुपर्ने जानकारहरु बताउँछन् ।

संसदीय राजनीतिको अन्तिमलक्ष नै सत्तायात्राभएको हुँदा सानादललाई सरकारमा सामेल हुन र सदनमाआफ्नो औचित्यजोगाई राख्नठूलादलको पछिलाग्नु पर्ने बाध्यता छ । माधव र उपेन्द्रलाई माओवादीको पछिलागको चर्चा भइरहँदा रास्वपा र राप्रपाएमालेको इसारामाचलेको आरोप लाग्ने गरेको छ । यस्तो अवस्थामा सानादलहरुको ध्यान सत्ता केन्द्रीत रहेको विषयछिप्न सकेको छैन ।