Breaking

देउवाको साथ पाएर ओलीमाथि प्रहार गर्दै प्रचण्ड,संसदमै भिड्ने तयारी, एमालेको वटमलाईन -राजीनामा


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रितम सिंहले प्रधानमन्त्री बनाउन गरको प्रयासबारे सार्वजनिक अभिव्यक्ति दिएपछि प्रतिपक्षले मसला पाएको छ । यसै वलमा संसद अवरुद्ध गरिरहेको एमालेले प्रधानमन्त्रीको राजिनामा नै मागेको छ भने प्रधानमन्त्री संसदमै जवाफ दिने अडानमा छन । जहाँ एमाले त्यो अवसर नै आउन नदिने जसरी अघि बढ्दा के सरकार ढल्ने अवस्था नै आउने हो त ? सत्ता पक्ष र एमालेसहितका प्रतिपक्षी दलहरुबीचको विवादले प्रतिनिधि सभा बैठक शुक्रबार पनि बस्न सकेन । राष्ट्रिसभा वैठकमा अवरोध गरेको एमालेले प्रतिनिधिसभा वैठक बस्नै नदिएको हो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्ली धाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि भड्किएको एमालेले यसैलाई मुद्धा बनाईरहेको छ । जसवारे प्रधानमन्त्रीको सचिवालय र स्वयम सिंहले समेत प्रष्टिकरण दिईसकेपनि एमालेले आफ्नो रवाफ कम गरेको छैन । एमालेलेजवाफ सुन्नै चाहिरहेको छैन भने, एकमत्र बटमलाईन राजीनामा बनाईरहेको छ । अर्थात प्रचण्ड नेतृत्वको सरका ढलाउन फालिएका विभिन्न अश्त्रले काम नगरेपछि एमालेले यो मसलालाई बटमलाईन बनाएर अघि बढेको हो ।

तर, कुनै हालतमा राजिनामा नदिने, संसदमा जवाफ दिएर उम्कने रणनीतिमा रहेका प्रधानमन्त्री प्रचण्ड आफूविरुद्ध सत्ता घटककै केही नेताहरु देखिँदा असन्तुष्टहरुको मुख बन्द गराउने रणनीतिमा छन् । जहाँ कांग्रेसले खुट्टा नउचालेसम्म नयाँ विकल्प नै तयार नहुने अवस्थामा रहदाँ देउवाको मौनताले समेत प्रचण्डलाई राहत मिलेको छ । यसैको उदाहरण गठबन्धनको वैठकबाट प्रधानमन्त्रीको बचाउमा साझा निर्णय भएपनि माओवादी मन्त्री तथा नेताहरुमा समेत आत्मविश्वास बढेको उनीहरुका पछिल्ला अभिव्यक्तिले प्रष्ट गर्छ ।

अर्थात यो सरकार ढले संविधानतःठुलो दलका रुपमा प्रधानमन्त्री बन्ने निश्चितता बोकेका देउवा नै चुप बस्दा यसको रहस्यबारेसमेत खोजिनिती हुन थालेको छ । अझै अरु थुप्रै काण्डका फाईल खोलेर फायरिङ गर्ने अश्त्र प्रधानमन्त्री प्रचण्डसँग बाँकी रहँदा सत्ता पक्षीय दलहरुले यसबारेमा प्रधानमन्त्रीले संसदमा आफ्ना कुरा राख्न पाउनु पर्ने अडान राखेका छन्।

सत्ताको चावी हातमा लिएर बसेका कांग्रेस सभापति देउवा तत्काल एमाले बोक्ने पक्षमा देखिँदैनन् । कांग्रेसको मुभले सरकारको अस्थिरताको अपजस खेप्नुपर्ने अवस्था आउने भएकोले पनि केही नेताहरु अहिले नै समीकरण फेरबदलको राजनीतिमा जान नहुँने पक्षमा छन् ।

कांग्रेस सभापति देउवाका उत्ताराधिकारी मानिएका पूर्णबहादुर खड्काले सफलता मानेको वर्तमान गठबन्धनमा उनको ईज्जत समेत जोडिएको छ भने प्रचण्ड तह लाउनै हम्मेहम्मे परेको कांग्रेसलाई एमाले सदाउनु अझ चुनौतीपूर्ण छ । त्यस्तै गठबन्धन बनाएर लड्दा समेत एमालेले एक्लै प्राप्त गरेको शक्तीले तर्सिएका देउवा केहि तलमाथि परे प्रचण्ड वोक्न एमाले तयार नहोला भन्नेमा विश्वस्त छैनन् । फलत ः कम्युनिष्टको धुव्रीकरणको रमिता हेरिरहेका उनी जानी जानी भुङग्रोमा हात हाल्ने पक्षमा छैनन ।
यसरी हेर्दा कसै गरे राजिनामा र नयाँ विकल्पको आधार तय नहुने अवस्था देखिदाँ सडकमा वोलेर नहुने सदनमा वोल्ने नदिने र दवावमा पार्ने एमालेको रणनिति काम लाग्ने सम्भावना छैन । बरु केवल जुंगाकै लागि भएको लडाईले कानुन निर्माणको तथा जनप्रतिनिधिको थलो संसद बन्धक वनिरहेको छ ।

संसद वैठक अवरोध भएपछि मिटरब्याजसम्बन्धी अध्यादेश नै टेबल हुन सकेको छैन भने अत्यावश्यक कानुन नै निष्क्रिय हुने र मिटरब्याजीपीडितहरू झन् मर्कामा पर्ने अवस्था अहिले विकास भएको छ । तर ओली भने अनावश्यक विषयलाई उछालेर प्रचण्ड केन्द्रीत राजनीति अघि बढाईरहेका छन् ।

गठबन्धनले बिहीबार बैठक बोलाएर मसल ठटाएर पार्लियामेन्टमै भेट्नैपर्ने भनेको बताउँदै ओलीले जुन ठाँउमा वोलाएपनि भिड्ने चुनौती दिईरहेका छन । संगै प्रचण्डलाई भारतपरस्त देखाउन लागि परेका उनले भारत भ्रमणका वेला प्रचण्डले भारतीय गुप्तचरलाई घरमै गएर भेटेको आरोप समेत लगाएका छन ।

यो विचमा जनताकै लागि काम गर्दा घेराबन्दीमा परेको भाष्य निर्माण गरिरहेका प्रचण्डले समाजवादी मोर्चा बनाएर निर्णायक शक्ति बन्न खोजिरहेका छन् । एमालेकै पछि कुदेको आरोप लाग्ने देखेपछि रास्वपाले राजिनामा नमागेको प्रष्ट्याईसकेको छ । त्यस्तै जति नै राष्ट्रवादी बन्न खोजेपनि विगतमा मध्यरातमा रअका सामन्त गोयल भेटेको ओलीको वास्तविकताबाट समेत नागरिक वेखवर छैनन् । जहाँ संसदमाथि धावा वोल्दै आएको भन्दै विगतबाटै आरोप खेप्दै आएका ओलीको रणनितिले उत्पन्न हुने अकमण्र्यतामा समेत उसकै सभामुख पनि उत्तिकै जोडिने छन ।