देश

ग्रामिण विद्यार्थीको हिँडाईमा समर्पित टिएफएनको वाकथन, सार्वजनिक विद्यालयमा फेलो पठाउन आवेदन खुला


काठमाडौँ — नेपालको शैक्षिक अवस्था सुधारमा सक्रिय टिच फर नेपालको वाकथन छैठौं संस्करण काठमाडौमा सम्पन्न भएको छ । नेपालका ग्रामिण भेगका बालबालिका आज पनि दैनिक घण्र्टौ हिँडर विद्यालय जानु पर्ने बाध्यताको अनुभूति गर्दै त्यस्ता बालबालिकाहरुको सयोगार्थ प्रत्येका वर्ष वाकथन हुँदै आएको छ ।

बर्खाको झरी, अझ त्यसमा पनि शनिवार विदाको दिन, घरमै समय व्यक्तित गर्रौ भन्ने सबैलाई लाग्छ । तर समय र बेगलाई पछ्याएर परिवर्तन खोज्नेहरुलाई शनिवार र सानो तिनो झरीले किन छेक्थ्योर शनिवार टिच फर नेपालले आयोजना गरेको वाकथन कार्यक्रममा यस्तै दृश्य देखियो। वाकथनमा सहभागी मंगलबजार पाटन दरवार स्वायर,पाटनढोका,कुपन्डोल, थापाथली हुँदै माइतीघर परिक्रमा गरेर पुन मंगलबजार नै फर्किए ।

उपत्यकाका विभिन्न कलेजका पाँच सय बढी विद्यार्थीहरुले दिनभरीको असारे झरीमा रुझ्दै, छाता ओडेरै भए पनि पाँच किलोको वाकथन सम्पन्न गरे । नेपालका ग्रामिण भेगका बालबालिका दैनिक घण्र्टौ हिँडर विद्यालय जानु पर्ने बाध्यता बुझ्न ती बालबालिकाहरुको शिक्षामा सहयोग पुग्ने उदेश्य सहित यो कार्यक्रमको आयोजना गरिएको हो ।

एक दिन नेपालका सबै बालबालिकाले उत्कृष्ट शिक्षा प्राप्त गर्नेछन भन्ने उदेश्य सहित नेपालको शैक्षिक अवस्था सुधारका लागि युवाहरुले सुरुवात गरेको अभियान हो ‘टिच फर नेपाल । शैक्षिक क्षेत्र सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गर्दै अघि बढिरहेको टिच फर नेपालले वाकथन मार्फत दुर्गमका सामुदायिक विद्यालयका विद्यार्थीहरु घण्टौ हिँडेर विद्यालय आउने गर्छन । जुन उनीहरुको बाध्यता हो । टिच फर नेपालले ती बालबालिकको कठिनाइको अनुभूत गराउन र शिक्षाको महत्व बुझाउन वाकाथान आयोजना गर्दै आईरहेको छ ।

टिच फर नेपालले उत्कृष्ट शिक्षा लिएका कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरेका युवालाई स्वयंसेवकका नेपालका ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा पठाउँदै आएको छ । टिच फर नेपाल फेलोसिप अन्तर्गत दुई वर्षको दौडानमा उनीहरुले सामुदायिक विद्यालयहरूमा अध्यापन गराउँछन । ग्रामिण भेगमा रहेका सामुदायिक विद्यालय र विद्यार्थीहरुमा यो अभियान महत्वपूर्ण बनेको फेलोसिपका रुपमा काम गरिसकेका स्वयंसेवकहरुको अनुभव छ ।

टिच फर नेपालले वर्ष २०८०–२०८३ का लागि ‘टिच फर नेपाल फेलोसिप आवेदन’ खुला गरेको छ। शनिवार आयोजित ‘वाकथन’ कार्यक्रम समापनसँगै आवेदन खुला गरिएको हो ।विभिन्न विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएकाहरुले आवेदन दिन सक्छन । सरकारी र निजी विद्यालय शहर र ग्रामिण क्षेत्रबीचको शैक्षिक असमानता अन्त्यका लागि पनि टिच फर नेपाल लागि परेको छ । शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न सङ्घ संस्थासँगको समेत सहकार्य र समन्वयमा नेपालको सामुदायिक विद्यालयको सुधारमा टिच फर नेपाल सक्रिय छ ।