Breaking

न्याय खोज्दै ‘प्रेमिका’, वकिलको आन्दोलन, तनावमा अलालत, सीसीटिभी फुटेज खै ?


काठमाडौँ — जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको विषय थप पेचिलो बन्दै गएको छ । अदालतका कर्मचारी र वकिलले बेग्लाबेग्लै आन्दोलन अघि बढाउँदा न्याय सम्पादन प्रभावित भएको छ । नासु प्रेमिकामाथि हातपात भएको भनेर अदालतका कर्मचारी आन्दोलित हुँदा कानून व्यवसायीहरुले पनि जिल्ला अदालत ललितपुरमा बिरोध प्रदर्शन गरेका छन् । गएको बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको घटना बाहिरियो ।

अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार ४ बजेर ३० मिनेट जाँदा तामाङमाथि हातपात गरेको अभियोगमा अधिवक्ता लामिछानेले बिहीबार पक्राउ परे । मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि महिला कर्मचारी तामाङले मिसिल बाहिर लान मिल्दैन भन्दा उनीमाथि हातपात भएको अधिवक्ता लामिछानेमाथि आरोप छ । तर, कानुन व्यवसायी भने अधिवक्ता लामिछानेबिरुद्ध झुटो मुद्दा लगाएर पक्राउ गर्ने काम भएको भन्दै आन्दोलित बनेको छ ।

अदालतका कर्मचारीहरुले आन्दोलन स्वरुप आईतवार पनि तीन घण्टा काम नगरी बिरोध जनाएका थिए । आईतवार नै नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमवार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । सोही अनुसार सोमबार उनीहरुले आन्दोलन गरेका छन् । बिरोध प्रदर्शनका क्रममा कानून व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछानेबिरुद्ध लगाइएको मुदद झुटो भएकाले मुद्दा अविलम्व खारेज हुनुपर्ने माग गरेका छन् । अदालतभित्रको मुद्ुदालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरुको तत्काल सरुवा हुनुपर्ने उनको तर्क छ ।

लामिछानेविरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । यद्यपि, जिल्ला प्रशासनका कार्यालय ललितपुरले अधिवक्ता लामिछानेलाई आइतबार नै रिहा गर्ने निर्णय गरिसकेको छ । कर्मचारी र कानुन व्यवसायीबीच कुटपिटको घटना अहिले बार र बेञ्च तहसम्म नै पुगेको छ ।

एक अर्कामाथि आरोप लगाएका उनीहरुले आ–आफ्नो तहबाट विरोधका कार्यक्रम चर्काईरहेका छन् । अदालतका कर्मचारी ट्रेड युनियनहरुले पनि कलम बन्द गरेर कतिपय अदालतमा मुद्दाको सुनुवाइ नै प्रभावित पारेर आन्दोलित बनिरहेका छन् । सेवाग्राहीलाई मर्का पर्नेगरी दुबै पक्ष आन्दोलनमा होमिनु भन्दा कानुनी बाटोबाट नै गएर समस्या समाधान खोज्नेतर्फ कानुकै पेशा र व्यवसाय गर्ने हरुलाई सिकाईरहनु पर्दैन कि ?