Breaking

राजावादी फकाउँदै प्रचण्ड, गठबन्धनमा सहमति, सभामुखलाई राजीनामा गराउने कि राप्रपा फकाउने ?


काठमाडौँ — मुख्यमन्त्री हिक्मत बहादुरकार्की नेतृत्वको सरकार ढलेसँगै कोशी प्रदेश सरकार गठनको रस्साकस्सी थप चर्किएको छ । प्रदेशका नेताहरु आफ्नो निर्णयमा कोशी प्रदेश सरकार गठन गर्न नसक्ने देखेर उनीहरु केन्द्रीय नेताहरु गुहारेका छन् । कोशी प्रदेश सरकार गठनका लागि सत्तारुढ गठबन्धन र प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमाले निर्णायक दललाई फकाउन सक्रिय भएका छन् ।

कोशी प्रदेशमा सरकारको नेतृत्वलाई लिएर दलहरुबीच रस्साकस्सी सुरु भएको छ । प्रदेशसभाको ठुलो दल नेकपा एमाले र नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत सत्तारुढ दलहरु सत्ता कब्जाको रणनीतिमा कम्मर कसेर अघि बढेका छन् । माओवादी र नेकपा एमाले गठबन्धनको सरकारमा माओवादीले समथन फिर्ता लिएपछि अल्पमतमा परेको नेकपा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा शुक्रबार विश्वास लिन नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

असार २१ गते अर्थात विहिवार दिउँसो पाँच बजेभित्र सरकार गठन गर्न अह्वान गरिएकोमा अहिलेसम्म दलहरुले दाबी पेस गर्न सकिरहेका छैनन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार बन्ने सरकारले पनि विश्वासको मत लिन नसक्ने अंकगणीतका कारण उपधार ३ अनुसार नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने एमालेको तर्क छ । तर, कांग्रेस, माओवादीलगायत दलहरु त्यसलाई मान्न तयार छैनन् । कोशी प्रदेशमा ४० सहित एमाले पहिलो दल छ ।

सत्ता गठबन्धनमा सभामुखसहित कांग्रेसको २९ सिट, माओवादी केन्द्रको १२, एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक पर्छ । प्रदेश सरकार गठनमा राप्रपा र जसपा निर्णायक छन । सरकार गठनको कसरतमा रहेको नेकपा एमाले मधेश प्रदेशमा एमालेले गरेको गुन तिर्नुपर्ने भन्दै जसपा फकाउने रणनीतिमा छ । एक मतको अपुगमा सत्ताविहीन बनेको एमाले टटस्थ रहेको जसपालाई मनाउन सके पुनः सत्तारोहण गर्न चाहन्छ ।

एमालेले फेरि सत्ता हत्याउने च्याँखे थापिरहेको अवस्थामा यता सत्ता गठबन्धनले भने आपसी मतभेदलाई मत्थर पार्दै मुख्यमन्त्रीको उम्मेदवार खडा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने बनाउन निर्णय गरेको छ ।

तथापी सत्ता गठबन्धन स्थिरताका लागि राप्रपाको साथ र समर्थनको खोजीमा छ । मुख्यमन्त्रीको अडानमा रहेको राप्रपालाई गठबन्धनले आलोपालो प्रदेशको नेतृत्व गर्नेसम्मका अफर दिइरहेको बुझिएको छ । राप्रपाले साथ नदिए मध्यवधि निर्वाचनमा जाने चर्चा चल्दै गर्दा दलहरु भने जुनकुनै हालतमा सहमति गरेर सरकार गठन गर्ने तर मध्यवधि निर्वाचन नजाने पक्षमा छन् ।

मुख्यमन्त्रीको अडानमा रहेको राप्रपालाई गठबन्धनले आलोपालो प्रदेशको नेतृत्व गर्नेसम्मका अफर दिइरहेको बुझिएको छ । राप्रपाले साथ नदिए मध्यवधि निर्वाचनमा जाने चर्चा चल्दै गर्दा दलहरु भने जुनकुनै हालतमा सहमति गरेर सरकार गठन गर्ने तर मध्यवधि निर्वाचन नजाने पक्षमा छन् । कोशी प्रदेशमा पहिचान पक्षधरको आन्दोलन चर्किएको पनि लामै समय भयो । यो हिसाबमा जनता समाजवादी पार्टी (जसपा) पहिचान पक्षधरहरुको पक्षमा उभिएको छ ।

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा समर्थन दिईरहेको जसपा एमालेको पक्षमा जाने आधार कम देखिन्छ । किनभने पहिचान पक्षधरहरुको आन्दोलनको निशाना नेकपा एमाले र एमालेका नेताहरु रहेका छन् । फलत एमालेको काम चलाउ सरकारलाई मत दिएको राप्रपा सत्ता गठबन्धनसँग मिल्छ वा मध्यवधि निर्वाचन राप्रपा निर्णायक छ । सरकार गठनका लागि ५ दिनको समय पाएका दलहरुले अंकगणीतीय खेल पुरा गरेरै सरकारमा दाबी पेस गर्छन् या अन्तिम विकल्पको सरकार गठन हुने र उसले मध्यावधिको घोषणा गर्छ, त्यो भने हेर्न बाँकी छ ।