Breaking

नेकपा ब्यूताउन सफल होलान् त प्रचण्ड ? (भिडियोसहित)

सत्ता र मोर्चा दुवैमा बलिया प्रचण्ड


काठमाडौँ – सत्तामा राम्रो प्रभाव छाड्न थालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता र पार्टी दुवै वलियो बनाउने रणनितिमा लागेका छन ।

सरकारमार्फत भ्रष्ट्रचारका फायल खोल्ने र समाजवादी मोर्चामार्फत कम्युनिष्ट घटककै नेतृत्वमा स्थापित हुने उनको दाउका विच संसदमा समेत प्रतिपक्षी आवाज कमजोर छ । जहाँ एमालेको अभियान देशभरमै फेलकै अवस्थामा पुग्दा पार्टीका रुपमा उदाएका नयाँ समेत औल्याउन थालेका छन ।

एमाले छोडेर कांग्रेस रोजेपछि नै विकल्प नरोजे पार्टी ठुलो बनाउन नसकिने देखेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामै भविष्य देख्न थालेका छन । जहाँ सरकारमार्फत खोलिएका भ्रष्टचारका फाईलले वाहिवाहि पाएका उनले अश्त्र समेत सत्ता र मोर्चा दुवै दिगो हुने गरि प्रहार गरिरहेका छन । यसैको उदाहरण मोर्चामा नसमेटिएका र मोर्चामै रहेर सरकारकै लागि संकट बन्न लागेका डा.बाबुराम भट्टराई र माधव नेपाल जोडिएको ललितानिवास प्रकरण अघि सारेका उनले सत्तालाई अझ सहजतातर्फ उन्मुख गराएका छन । जसले ललितानिवास जग्गा प्रकरणको फायल आफ्नालाई बचाउनकै लागि नखोलेको भन्दै आलोचना गर्ने एमाले र रास्वपालाई समेत मुखभरीको जवाफ प्राप्त भएको छ ।

जहाँ नक्कली भुटानी शरणार्थी प्रकरणमा हाई प्रोफाईल तानेर सहयात्री कांग्रेस र प्रतिपक्षी एमाले दुवैलाई साइजमा ल्याएका उनले पार्टीभित्रको शक्ती सन्तुलनका लागि समेत उपाय खोजिसकेका छन । त्यसका लागि महासचिवसम्मकै अफर गरेर नेत्रविक्रम चन्द्र विप्लवलाई मोर्चामा भित्र्याएका उनले पार्टी एकतासम्मको तयारी थालेका छन ।

जसले एकातर्फ कांग्रेस र अर्कातर्फ एमाले दुवैलाई दवाव पर्दा मोर्चामा भट्टराईलाई छोडेर उपेन्द्र यादव फकाए झै यादवकै प्रतिद्धन्दि डा.सिके राउतलाई सरकारमा भित्र्याएर चेक एण्ड व्यालेन्सको अर्को अश्त्र चालेका हुन । बालुवाटारमा आइतबार बिहान भएको भेटमा जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नै जानकारी दिएका छन । मधेश प्रदेशमा एमालेको साथ पाएपछि कोशीमा तटस्थ बसेको जसपाले अवको कोशी प्रदेश सरकारमा पनि ओलीको नुनको सोझो गर्ने सम्भावनालाई समेत यसले प्रहार गरेको छ । जसले सत्ता मात्र नभई मोर्चाको राजनीति समेत वलियो बन्ने बुझाईमा प्रचण्ड छन ।

यता प्रचण्ड सरकारले भ्रष्टचारको फायल खोलेपछि समर्थन फिर्ता गरेको रास्वपा जस्ता नया शक्ती माथि पनि प्रश्न उठ्न थालेको छ । त्यस्तै बालेन्द्र शाह र रवि एक अर्कामा भिड्ने अवस्थामा सिर्जना हुदै जाँदा कार्यकारी पदमा नभएको रास्वपाले प्रतिपक्षमा समेत दह्रो उपस्थिती जनाउन सकेको छैन । फलत : एमालेकै मुद्धामा चलेको आरोप रास्वपाले खेप्दा एमाले समेत कमजोर स्थितीमा छ । संगठन सुदृढिकरणका लागि थालिएको ग्रासरुट अभियानकै कारण सुदुरपश्चिममा भीम रावलपक्षसंग भिडन्तको स्थिती भागेको एमालेको गतिरोध अझ बढेको छ । त्यस्तै उपनिर्वाचनमा समेत यो अभियानको प्रभाव नदेखिदाँ लुम्बनीमा महासचिव नै हारेको र वागमतीमा कमजोर भएको प्रमाण त मंसिर ४ कै निर्वाचन बनेको थियो ।

मदेशमा केहि सुधार गरेपनि जनमत जस्ता नयाँ पार्टीको उभार बढ्ने अवस्थाका विच कोशी प्रदेशमा पहिचानवादीको पेलानमा एमाले परेको छ । त्यस्तै सरकारले खोलेको भ्रष्टचारका फायलमा समेत एमालेकै नेता तानिदा उसको सामर्थ कमजोर बन्दै गएको अवस्थाले प्रचण्ड हौसिएका छन । फलत : समाजवादी मोर्चालाई वामपन्थी एकताको पहलको संज्ञा दिन थालेका उनले नेकपा निर्माणसम्मको सपना देख्न थालिसकेका छन ।

नयाँबाट केहि तर्सिका उनी रविको क्रेज काम गरेर आफूतिर ल्याउन सक्ने आशामा देखिन्छन । अर्कातर्फ विकल्प भनिएका विचको द्धन्द्धको अवस्थाले समेत आफू फाईदामा जाने देखेका उनले बाध्य भएर एमाले पनि मोर्चामा मिसिने आशा पनि मारिसकेका छैन । जहाँ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतीतमा आउनसक्ने भन्दै गरेको संकेत समेत कम्युनिष्टहरु एकै छाता हुनेसक्ने अवस्थालाई नकार्न सकिन्न ।