काठमाडौँ – संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल हुँदै छ ।
बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ ।
बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आजै आर्थिक विधेयक(२०८० पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ । आजै उनले राष्ट्र ऋण उठाउने विधेयक(२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन् । त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।
विनियोजन विधेयक यसअघि नै पारिस भइसकेको छ । अब यी विधेयक पारिस भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ ।
प्रतिक्रिया