Breaking

प्रचण्ड सरकारले धमाधम भ्रष्टाचारका फायल खोल्दा पनि खुशी छैनन् माओवादी, के पार्टीभित्रबाटै असहयोग हो ?


काठमाडौँ — संसदीय अंकगणितमा निरन्तर ख्याउटे बन्दै गएको माओवादी आकारमा पनि निरन्तर कमजोर बन्दै गएको छ । यहि कारण यसको रिब्रान्डिडसम्मका चर्चा पार्टीभित्रै चल्दा खस्किएको हैषियत सुधार्न नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न रिस्क लिएका थिए । जहाँ पछिल्लो समय उनले ठिकठाक नै काम पनि गर्दैछन । तर माओवादी नेतृत्वको राम्रा कामको प्रचार हुन सकिरहेको छैन भने नराम्रा पक्षको खोजिखोजि आलोचना भईरहेको छ ।

तेश्रो पटक देशको नेतृत्वमा पुग्दा केहि परिपक्क देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचेल केहि गर्ने छाँट देखाउँदै छन् । सत्ता जोगाउने नाममै होस या त नयाँको दवावको थ्रेड होस उनले यो कार्यकालमा राम्रै कामको थालनी सुरु गरेका छन् । तर माओवादीविरुद्ध बनेको भाष्यमै टेकेर उनका कामहरुसमेत आलोचना मुक्त नहुने भएपछि केहि निराशा देखिएका उनी पछिल्ला अधिंकाश सार्वजनिक अभिव्यक्तिहरुमा गरेका कामहरुको विज्ञापन गर्नुपर्ने आफ्ना नेता कार्यकर्तालाई बताँउदै आएका छन ।

संसदमा प्रतिपक्षीको घेराबन्दी पर्दा समेत कांग्रेसका महामन्त्रीले प्रतिरक्षा गर्दिनुपर्ने अवस्थामा पुगेका उनीसरकारले गरेका कामले जनविरोधी तत्वहरू एजेण्डविहीन बनेका र जनतामा नांगिएको समेत बताँउदै आएका छन । राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनतालाई बुझाउने कुरा मुख्य भएको उल्लेख गर्दै कामको विज्ञापनको महत्वलाई जोड दिएका उनी वेला वेला निराशाशो श्वरसमेत निकाल्ने गर्छन् ।

शान्तीपूर्ण राजनीतिमा आएबाटै एकातर्फ पार्टीमै टुटफुट र अर्कातर्फ सिंगो परिवर्तन विरोधी शक्तीविरुद्ध लड्दै आएको माओवादीले त्यहिवेला पुरा गर्न नसकेकै जनअपेक्षाको भारी अहिले वोकिरहेको छ । फलत ः तेश्रो कार्यकालको पहिलो निर्णय सरकारी कार्यालयबाट लाईन हटाउने गरेको विषय स्टण्डका रुपममा व्याख्या गरिँदा नक्कली शरणार्थी प्रकरण र ललितानिवास जग्गा प्रकरणको फायल समेत राजनीतिक अश्त्रको आशंका गरिएको छ ।

विरोधकै वावजुत नागरिकता विधेयकमा प्राप्त सफलता,भारत भ्रमणमा भएका केहि सकारात्मक पहल र मिटरव्याज पिडितहरुको पिडा सम्बोधनसम्मका जस समेत प्रचण्डले पाएका छैनन् । जहाँ उनी स्वयम भने एकातर्फ पार्टीभित्रै र अर्कातर्फ गठबन्धन अनि वाहिर प्रतिपक्षीको तेहेरो मारको प्रतिकुल अवस्था व्यवस्थापन गर्दै विकृति सच्याउने बताएका उनी लोकतन्त्रको ‘सर्भिसिङ र शुद्धीकरण’मा लागि परेको दावी गर्दै आएका छन ।

चर्को जनअपेक्षाका विच झण्डै दुई तिहाई ल्याएपनि काम गर्न नसकेको आक्षेपकै कारण त्यसपछिका दिनमा खस्किएको माओवादी अहिले केहि गर्नै पर्ने बाध्यतामा समेत छ । जहाँ आफूले गर्न सकिने अवस्थामा संविधान निर्माण र व्यवस्था संस्थागत गर्न शक्ती खर्चिएको भन्ने भाष्य समेत स्थापित गर्न नसकेको प्रचण्डको तत्कालिन उत्ताउलो कदमले समेत अहिलेसम्म नकारात्मक प्रभाव पारिरहेको छ । जसको व्यवस्थापन गर्दै अघि बढ्ने प्रयासमा रहेका उनी अहिले आएको व्यवस्था समेत आफ्नो देन भएको प्रमाणित गर्न सकिरहेका छैनन् ।

आफैले ल्याएको गणतन्त्र,धर्मनिरपेक्षता,संघियता संस्थागत हुँदा पार्टी स्थापित गर्न नसकेका उनी यसका खिलापमा बलियो बनेका आवाजविरुद्ध लड्न शक्तीशाली शक्ती निर्माणमा समेत चुकेका छन । जसलाई उनकै उच्च व्यक्तिवादी चरित्रका रुपमा सहकर्मीले समेतले आरोप लगाँउदा माओवादीकै एजेण्डामा मोज गर्नेहरु भने मालामाल भईरहेको राजनीतिक विश्लेषकहरु समेत बताँउछन । आफूले अघि बढाउने तर अपनत्व महसुस गर्न पनि नसक्ने मुद्धाकै कारण माओवादीको यो हालत भएको स्वयम माओवादी नेताहरु समेत स्वीकार्छन ।

हुन त देखाएको सपना पुरा नगरेको धुव्रसत्यका विच उसले आफ्नो भनेका एजेण्डामा प्रश्न समेत नउठेका हैनन् । तर कसैले गर्नुपर्ने न्यूनतम काम गर्दैमा चर्चाको शिखरमा पुग्दा उनले गरेका केहि काम समेत आलोचना हुनुले भने सुध्रिनै नदिने भन्ने प्रश्न समेत बलियोब बन्दै गएको छ । जहाँ हामीलाई चाहिएको नयाँ नै होकि सुधारिए पुराना पनि ठिक छन भन्ने निक्यौलमै समेत आम नागरिक रनभुल्लमा परिरहेका छन ।