Breaking

रविको हैरानी, ओलीले नै गरे आलोचना, व्यक्ति पूजा गर्ने विकल्पले देश बन्दैन– डा. संग्रौला


काठमाडौँ — वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दस्तावेज सार्वजनिक गर्न बिलम्ब गरिरहँदा विरोधी पार्टीलाई औला उठाउने मौका दिइरहेको छ । नीति, सिद्धान्तलाई नै लिएर रास्वपाको चौतर्फी आलोचना भईरहँदा पार्टीलाई पुरानै साख जोगाउन हम्मे हम्मे पर्ने देखिन्छ । वैकल्पिक शक्ति बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष बितिसक्दा पनि विचार र सिद्धान्तहीनको बाटोमा छ ।

असार ७ गते पार्टी स्थापनाकै अवसरमा पार्टीले ६८ पृष्ठको राजनीतिक सैद्धान्तिक दस्तावेज सार्वजनिक गर्ने तयारी गरेपनि प्रदेशलगायत शासकीय संरचना जस्ता महत्वपूर्ण मुद्धामा पार्टीका नेताहरुले असन्तुष्टी जनाएपछि नजिक आईसकेको रास्वपाको राजनैतिक विचार टुंगिएको थियो । जसले गर्दा विचार शून्यताको ट्याग लागेको रास्वपालाई आलोचना गर्न दोस्रो पार्टीलाई थप बल पुगेको छ । हिजो अरुलाई औला उठाउँदै आएको रास्वपा नेतृत्वले अहिले आफैलाई औला उठाउने ठाउँ दिएको छ ।

एमाले सत्तामा हुँदा सत्तापक्ष र सत्ताबाट बाहिरिँदा प्रतिपक्षी बनेको रास्वपालाई एमालेले नै प्रश्न उठाइरहेको छ । एमालेले बोकेको आरोप खेप्दै आएको रास्वपालाई अहिले तिनै एमालेले ओरालो लागेको मृगलाई झै खेद्न थालेको छ । विचारधारलाई गौडमा राख्दै व्यक्ति राम्रो भए पुग्छ भन्ने धारणासहित अघि बढेको रास्वपालाई विचार शुन्यताको ट्याग लागिरहँदा राजनीतिक दल मात्रै होइन, विश्लेषकहरु पनि उनीहरुप्रति कटाक्ष गर्न थालेका छन् । राजनीतिक संगठनभन्दा पनि व्यक्तिलाई नै विचार मानेर हिँडेको पार्टी सत्तामा पुग्न सके देशलाई निकास दिन भने नसक्ने विश्लेषकको तर्क छ ।

आलोचनाकै बीच पार्टीले राजनीति कार्यदिशासहितको मस्यौदालाई अन्तिमरूप दिन भदौको पहिलो साता दस्तावेज बुझाउने गरी विचार विभाग प्रमुख डा.मुकुल ढकालको संयोजकत्वमा रमेश प्रसाई, शिशिर खनाल, डा.स्वर्णिम वाग्ले, डा.तोसिमा कार्की, सोविता गौतम, मनिष झा, सुमना श्रेष्ठ लगायतका १७ सदस्यीय कार्यदल बनाएर रास्वपा अघि बढेको छ । बाहिर र पार्टीभित्रै पनि विचारले विवाद निम्त्याईसकेपछि तत्काल राजनैतिक सिद्धान्त निर्माण गर्न सभापति रवि लामिछानेलाई दवाव बढेको छ ।

तर, वास्तविक लोकतन्त्रको अभ्यास हुने पार्टी भएको कारण छलफलबाट निष्कर्षमा पर्याउने लामिछानेको भनाई छ । विकल्प भनेर आएका दललाई नै विचार सिद्धान्त, नीति केही नभएको पार्टी भनेर आलोचना भईरहँदा त्यही विचारका लागि बहस गर्दा विवाद निम्तिएको छ । चौतर्फी विरोधको सामना गरिरहँदा एकरुपता ल्याउन रास्वपा कार्यदल नै बनाएर अघि बढेको छ । पछिल्लो उपचुनावको परिणामपछि नागरिक तहमा मात्र होइन पुराना पार्टीको कार्यकर्ता पंक्तिमा समेत रास्वपाले तरंग सिर्जना गरेको छ । तर, पार्टीले दस्तावेज सार्वजनिक गर्न बिलम्ब गर्दा रास्वपाको त्यही साख जोगिराख्ने पार्टीलाई सकस हुने निश्चित छ ।