Breaking

आज समाजवादी मोर्चाको बैठक राखेर कार्यक्रम तय गर्छौं : प्रधानमन्त्रीस प्रचण्ड


काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर घोषित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मोर्चाको बैठक राखेर यसका कार्यक्रम तय गरिने जानकारी दिएका हुन्।

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ।’

उक्त मोर्चा यही असार ५ गते काठमाडौंस्थित राष्ट्रियसभा गृहबाट घोषणा गरिएको थियो। डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मोर्चामा समेटिने भनिएकामा अन्तिम समयमा चार पार्टीको मात्र मोर्चा घोषणा गरिएको हो।