Breaking

एकपछि अर्को फायल खोल्दै प्रचण्ड,चुनौतीलाई अवसरमा बदल्दै,कसरी सफल हुँदै उनको रणनीति ?


काठमाडौँ — गर या मरको स्थितीमा प्रधानमन्त्री भएको विश्लेषण गरिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकपछि अर्को कदमा सफल हुदै गएका छन । सानो आकारको पार्टी लिएर पनि चुनौतीको खेल खेल्दै नेतृत्वमै पुगको उनी त्यसपछि कमजोर धरालत दह्रो बनाउन लागि परेका हुन । जहाँ भ्रष्ट्रचारका काण्डहरुको फाईल खोल्दा पाएको वाहिवाहिले उनलाई दोहोर फाईदा पुगिरहेको छ ।कांग्रेस छोड्ने अनपेक्षित निर्णयकै कारण एमालेको साथमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड समिकरण परिवर्तन पछि आएका आरोह अवरोह व्यवस्थापनमा पनि सफल देखिएका छन ।

कांग्रेस सभापती शेरबहादुर देउवा बचनमा पक्का रहेको भन्दै राष्ट्रिय सहमतीका नाममा राष्ट्रपतिमा कांग्रेस रोजेका उनले त्यस यता दर्जनौ संकट भोगिसकेका छन । विचमा समिकरण निर्माणमा एमालेले थालेको तयारी,रास्वपाले थापेको खोचे र नौरङगी गठबन्धन मिलाँउदै अघि बढेका उनी अहिले लचकताको रणनितिमा अघि बढेका हुन । सडकमा र सदन दुवै तर्फ चर्को विरोधकै अवस्थामा सत्ता सम्हाल्दै नागरिकता जस्तो विधेयक समेत टुङ्गोमा पुर्याएका उनले सुरुवात नै सरकारी कार्यालयमा लाईन हटाउने निर्णयबाट गरेका थिए ।

त्यस्तै मिटरव्याजी पिडितको समस्यलाई समाधानको बाटो दिएका उनले सम्बन्धमा जाँचबुझ आयोग, गठन गरी हालसम्म दर्ता भएका २३ हजार १ सय १८ उजुरीउपर कारवाही भइरहेको छ।त्यहि समयमा एमालेको अड्कोले संसदीय समिति पनि गठन गर्न नसक्ने तथा प्रधानन्यायधीस नियुक्ती गनुपर्ने दोहोरो दवावमा प्रचण्ड थिए । त्यस्तै कांग्रेसको गुटको प्रभाव मन्त्रीहरुको नाम नदिदा सरकार विस्तार समते गर्न नसकेका उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणको फाईलले राहत दिएको थियो ।

एकातर्फ भ्रष्ट्रचारविरुद्ध सरकार जस्तो पनि देखिने र ईतिहासमै ठुलो संख्यामा हाईप्रोफाईल जेल पुग्ने अवस्थाले वाहिवाहि कमाएका उनले यसैले कांग्रेस एमाले सन्तुलनको अश्त्र समेत प्राप्त गरेका थिए । यसैको सफलता निति तथा कार्यक्रममै फेल पार्ने प्रतिपक्षीको योजनामा तुषारापात हुदाँ कुटनितिमा भारतभ्रमणबाटै आफ्नो वैदेशिक यात्रा थालेका उनले सोहि समयमा पूर्वसभामुख अग्नी सापकोटाको नेतृत्वमा एक टोली चिनमा समेत पठाएका थिए । जसले देशवाहिर र भित्र दुवैतिर सन्तुलनको रणनितिमा सफल देखिएका उनले आफ्नो चुनौतीलाई समेत कम गरे ।

यो विचमा लगातार समर्थन फिर्ता लिएका दलहरका कारण विश्वासको मत लिन पर्ने कि नपर्ने कानुनी प्रश्नको झमेला भोगेका उनले सदनमा उठेका प्रश्नबाट भाग्ने भन्दा सामना गर्ने रणनिति लिए । अडान लिने भन्दा रक्षात्मक बन्ने र लचक बन्ने कदमकै कारण सांसदको मुख पनि टालिने र प्रतिपक्षीका मुद्धा पनि कम हुने अवस्था सिर्जना हुँदा एमालेले भारत भ्रमणलाई विरोधको आधार बनाएको थियो ।

तर त्यसमा पनि उनले संसदमै उत्तर दिदाँ बजेटमा फेल पार्ने रणनितिमा समेत प्रतिपक्षी असफल भएको छ । कांग्रेस र एमालेलाई साईजमा ल्याउन समाजवादी मोर्चा बनाउन सफल भएपनि बजेटप्रति सत्ताघटककै फरक मतले उनलाई अर्को चिन्ता थपिदिएको थियो । तर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई जोडिएको ललितनिवास जग्गा प्रकरणको फायल खोलेपछि उनले त्राण पाएका हुन । जसलाई सरकार ढलेपनि भ्रष्टचारका फायल खोल्न पछि नहट्ने प्रधामन्त्रीको प्रतिवद्धताकै निरन्तरताका रुपमा माओवादी नेताहरुले व्याख्या गर्दा जग्गा फिर्ता गरेकै भरमा कसैले उन्मुक्ति नपाउने भन्दै एमालेप्रति समेत निशाना साधिरहेका छन ।

हुनपनि पार्टीभित्र समेत शक्ति संघर्ष व्यवस्थापनमा प्रचण्ड सफल भएका छन । त्यसका लागि विप्लवलाई भित्र्याउने तयारी गरेका उनले सत्ता सहजताकै लागि गेरुबस्त्र देखि पशुपतिको दर्शनसम्मको बाटो अंगालेका छन । अर्थात विगतमा रापतापमा नेतृत्वमा पुग्दा जेलाई पनि हात हाल्ने र देश नै कब्जा गर्ने सोचका कारण पछारिएका उनले अहिले भने संसदीय राजनीतिमा भिज्न थालेका छन । जसले उनको आगामी यात्रा पाँचै बर्ष कायम राख्छ राख्दैन यसै भन्न सकिने अवस्था नभएपनि विगतमा झै उत्तेजनामा परेर पतन गराउने शक्तिको रणनितिले भने काम नगर्ने पक्का भएको हो ।