Breaking

चिनियाँ धनाढ्य ज्याक मा काठमाडौँमा


काठमाडौँ — चिनियाँ धनाढ्य ज्याक मा काठमाडौँ आइपुगेका छन् ।

उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागले जनाएको छ । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौँ आइपुगेका हुन् ।

स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ । विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

फेब्र्सकाअनुसार आजको दिनमा उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए । इकमर्स बिजनेसमा आउनुअघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा १९९९ स्थापना गरेका थिए ।