Breaking

मेयर बालेनविरूद्वको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा


काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्वको मुद्दा आज (सोमबार) पनि हेर्न नभ्याइनेमा परेको छ । यसअघि हिजो पनि मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । मुद्दाको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो ।

काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने बालेको घोषणापछि उच्च अदालतले हिन्दी फिल्न नरोक्न आदेश दिएको थियो । अदालतको आदेशपछि बालेनले अदालतको आदेश नमान्ने अभिव्यकत दिएका थिए । बालेनको अभिव्यक्तिपछि अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।