काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफूअन्तर्गत सञ्चालित निजी विद्यालयलाई शैक्षिक शुल्क पेस गर्न निर्देशन दिएको छ । महानगरले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूबाट लिइने शुल्क विवरण असार मसान्तभित्र बुझाउन भनेको हो । अब विद्यालयले काठमाडौं महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव बुझाउनु पर्नेछ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के–के शीर्षकमा के कति शुल्क लिने हो रु विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति असार मसान्तभित्र शिक्षा विभागमा उपलब्ध गराइ दिनु हुन अनुरोध गर्दछौं ।’
प्रतिक्रिया