काठमाडौँ — गृह मन्त्रालय ले नेपाली कांग्रेसका नेताद्वय डा. आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको प्रष्टीकरण दिएको छ।सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा। देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको बताएका हुन् । माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यू नारायणकाजी श्रेष्ठबाट कुनै व्यक्ति लक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको ब्यहोरा अवगत गराउँछु ।
सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषय तर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वाञ्छनीय छ ।
मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमा साथ दिन र घटनाको निष्पक्ष छानबिन गरी उचित निष्कर्षमा पुर्याउन सबैले सहयोग पुर्याउन समेत अनुरोध गर्दछ,’ मन्त्रालयले भनेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएको विषयमा सार्वजनिक संचारमाध्यममा समाचार आएपछि गृहले त्यसको खण्डन गरेको हो ।
प्रतिक्रिया