Breaking

काठमाडौं महानगरपालिका भित्र झोलामा गरिने विज्ञापनमा लगायो कर


काठमाडौँ — काठमाडौं महानगरपालिका भित्र झोलामा गरिने विज्ञापनमा अब कर लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन अनुसार झोलामा गरिने विज्ञापनमा वार्षिक १ सय रुपैयाँ प्रतिगोटाका दरले विज्ञापन कर लाग्ने भएको छ । व्यवसाय दर्तासँगै वडामा बुझाउने प्रावधान महानगरपालिकाले ल्याएको छ ।