राजनीति

रविमाथि रास्वपामा संकट, विचार नमिल्दा फुटको खतरा, स्वर्णिमपछि हर्कलाई चितवन झार्दै रवि, के हो विवाद?(भिडियो सहित)


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मस्यौदाको मतभेद् बढेपछि विभाजनको विषय चर्चामा छ । तर स्थापनाको एकबर्षमा रास्वपाले निकालेको उपलब्धी भने लोभलाग्दो देखिन्छ । तथापी विवाद पनि कम देखिएको छैन ।

रास्वपाभित्र रवि लामिछानेको कला यतिसम्म भयंकर देखियो कि, आफ्नैविरुद्ध उठेका प्रश्न र असन्तुष्टीलाई समेत मतमा बदल्न सफल भए । फलतः पार्टी निर्माणको इतिहासमा रास्वपा नै एउटा यस्तो शक्ति बन्यो, जो एकबर्षकै अवधिमा सडक, संसद र सरकारमा पुग्यो ।पत्रकार बनेका पात्र उपप्रधानमन्त्री बने । रविले चानचुने नभई गृहमन्त्रालयकै नेतृत्व पाए । तर रफ्तारमा चलेको नेतृत्व पार्टीको नीति, विधि, विचार र सैद्धान्तिक बाटोमा सुस्ताएको छ । मस्यौदामै मतभेद देखिएपछि पार्टीमा मनमुटाव आएको छ ।जसलाई रविले स्वभाविक भनेका छन् ।

अब रास्वपा एकबर्षको भयो । एकबर्षमै संसदको चौथो ठूलो दलको हैसियतमा ठूलै दलसँग संगत गरेको छ ।तर ठूला दलभन्दा भिन्न बन्न सकेको छैन ।वितेको एकबर्ष रविकै कारण उपलब्धि र रविकै कारण विवाद झेलेको रास्वपा पछिल्लो समय ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण र सोविता गौतमको विवाह म्याटरले पनि आलोचित बनेको छ ।

सार्वजनिक जिम्मेवारीमा रहेकी गौतमको विवाह व्यक्तिगत नै भएपनि सर्वाजनिक ओहोदामा रहेकी उनले विवाहीत पुरुषसँग विवाह गरेपछि आलोचित छिन् । यध्यपी उनका श्रीमानले पहिलो सम्वन्ध विच्छेद गरेपछि शोभितालाइ भित्र्याएकाछन् । तथापी चर्चा धेरै भएपनि यी विषय सामान्य थिए । जटिल त के छ भने, स्थापनाकालदेखि नै नीतिमा अस्पष्ट भएको आरोप झेलेको यसले एकबर्ष वित्दा नीतिकै कारण विभाजन खेप्ने विश्लेषण भइरहेका छन् ।

तीनै तहको सरकार स्वीकारे पनि प्रदेशमाथिको अलमलले रास्वपा द्धिविधामा देखिन्छ ।अहिले मुख्यमन्त्री नहुने तर प्रदेश प्रमुखको स्थानमा प्रदेश गभर्नर राख्ने गरि प्रस्ताव गरिएपछि ‘काले मामा र मामा काले’का रुपमा टिप्पणी भइरहेका छन् ।किनकि कि प्रदेश संरचना स्वीकार गर्नुपर्ने कि खारेजीकै पक्षमा उभिनुपर्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ ।प्रदेश संरचना यथावत् राख्दै प्रदेश प्रमुख, प्रदेशसभा र प्रदेश मन्त्रालय खारेज गरि प्रदेश गभर्नरसहितको प्रदेश परिषद्को व्यवस्था गर्नुपर्ने मस्यौदामाथि नै नेताहरुले असन्तुष्टि जनाएका छन् ।
फलतः स्थापना दिवसको अवसर पारि असार ७ मा सार्वजनिक गर्ने तयारी गरिएको दस्तावेज नै हाललाई रोकिएको छ । रास्वपाहिन्दु धर्म वा धर्म निरपेक्षताका विषयमा समेत स्पष्ट छैन । दस्ताबेजमा पार्टीका विचारधारा संविधानवाद, समाजवाद र संवैधानिक समाजवाद रहने उल्लेख छ । तर संवैधानिक लोकतन्त्र, संघीयता, अर्थनीतिलगायत मुद्दामा तीव्र मतभेद बढेको छ । यसैले कतै विभाजन ल्याउने त होइन शंका हुन थालेको छ । फरकफरक पार्टीबाट प्रवेश गर्ने वर्चश्व बढेपछि गुट उपगुट बन्ने चिन्ता नेताहरुमा व्यापक बढेको छ । तथापी रवि लामिछानेको नेतृत्व रहेसम्म रास्वपामा विभाजनको सम्भावना कमै रहेको विश्लेषकहरु बताउँछन् ।

रास्वपाको शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रस्ताव गरिएको छ । प्रधानमन्त्रीको नेतृत्वमा १५ जनाभन्दा कमको मन्त्रिपरिषद् हुने उल्लेख छ ।राष्ट्रपति बन्नका लागि १० वर्षसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्ति हुनुपर्ने प्रावधान राखिएको छ । जसले गैरदलीय व्यक्ति राष्ट्रपति हुँदा कुनै पार्टी विशेषको पक्ष वा विपक्षमा निर्णय गर्ने परिपाटीको अन्त्य हुने विश्वास रास्वपाको छ । तर यसमा विषयमा समेत मतभेद् नै छ । एकमत नहुनुको कारण भने विभिन्न विचाराधारका पार्टीबाट रास्वपाम प्रवेश गर्नेहरुको संख्या धेरै छ ।

त्यसमा पनि काँग्रेसबाट रास्वपा जानेको संख्या उल्लेख्य छ । काँग्रेस–कम्युनिष्ट विचारधारालाई मिलाएर रास्वपा बनाउनु रविका लागि ठुलै चुनौतीको विषय हो । किनकि उपनिर्वाचनअघि उपप्रधानमन्त्रीमा फलिफाप नभएपछि रविले स्वर्णिम वाग्ले र रमेश खरेल जस्ता अनुहारलाई भित्र्याएका थिए । असार ५ मा चितवनमा छुट्टै सरप्राईजको तयारी गरेको रास्वपाले अन्य केही चर्चित अनुहारलाई भित्र्याउने तयारी गरेको विषय पनि सतहमा छ । धरानका मेयर हर्क साम्पाङलाई चितवन झर्न चर्चा पनि रास्वपाले गरिरहेको छ ।

फलतः संसदमा २१ जनाको शक्ति, तीव्र गतिमा भइरहेको संगठन विस्तार र मिसन–८४ लगायतले पार्टीमा आत्मविश्वास जागृत गरेपनि पार्टीभित्र बढ्दो मतभेद्ले जनतामा भने आशभन्दा बढी आशंका उब्जिएको छ ।