Breaking

किन बढ्दै छ प्रचण्डको छटपटी, फेरि बन्ला त नेकपा ? समाजवादी केन्द्रमा बाबुरामको ठाँउमा विप्लव


काठमाडौँ — पार्टीको घट्दो साख उठाँउदै कम्युनिष्ट घटककको नेतृत्वमा पुग्ने अभिलाषामा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गर या मरको अवस्थामा छन । यहि कारण कहिले एमालेसंगै मिल्न जाने त कहिले समाजवादी केन्द्रको सपना देखाँउदै आएका उनी एक पटक पूर्व माओवादी घटक एक ठाँउमा ल्याउन समेत लागि परे । अहिले आक्रमक रुपमा अघि बढेको एमालेमै आर्कषण बढ्ने र आफ्नो सपना पुरा नहुने डरमा रहेका उनी नेकपा व्युताउनेसम्मको सार्वजनिक अभिव्यक्ति दिदै आएका छन ।

कम्युनिष्ट घटकको नेतृत्वको नशाले एमालेसंग मिलेर एमालेसंग पार्टी समाहित गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सफल हुन सकेनन् । एकातर्फ आफूले नपाए संसद नै विघटन गर्दिने केपी शर्मा ओलीको प्रवृत्ती र अर्कातर्फ कार्यकारी नेतृत्वमा ठगिएका उनी यहि कारण कांग्रेससंग गठबन्धन गर्न पुगे । यतिमात्र नभएर एमालेकै एक टुक्रालाई छुट्याईदिन समेत उनी सफल भए ।

तर निर्वाचनपछि फेरिएको परिस्थीतीमा कार्यकारी नेतृत्वमा नपुगे आफू र पार्टी नै सकिने निष्कर्षमा पुगेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसैका लागि एमालेसंग पुन गठबन्धन गर्न पुगेका थिए । जसले पुन वामएकताको आधारशिला बन्न सक्ने आशा रहेका उनले यतिवेला सुखदुखमा साथ दिएका माधव नेपाललाई समेत विर्सिएका थिए ।

तर उनै ओलीले फेरि रंग देखाएपछि कांग्रेसनै रोजेका प्रचण्डले त्यसपछि भने समाजवादी केन्द्र निर्माणको वहसलाई तिव्र पारेका हुन । जसले वर्तमान गठबन्धनभित्रै वावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी देखि एकीकृत समाजवादी तथा जसपालाई समेट्ने आशामा रहेका उनले अझै कम्युनिष्ट धुव्रको नेतृत्व गर्ने सपना देख्न छाडेका छैनन् । यहि छटपटिकै कारण प्रचण्ड द्धन्द्धकालिन मुद्धा सम्बन्धी रिट सर्वोच्च अदालतमा परेपछि उत्पन्न परिस्थितीमा पूर्व माओवादी घटकमा देखिएका एकमतलाई एकताको रुप दिने वहस समेत चलाएका थिए ।

त्यस्तै अहिले एमाले वामघटकको नेतृत्वकर्ता बन्ने जसरी युद्धस्तरमा अघि बढेपछि उनी समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउन थालेका छन । समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताएकाका उनले यसअघिको एकता कायम राख्न सम्भव नभए पनि लाखौँ जनतालाई एकतावद्ध नगरी क्रान्ति नहुनेसम्म भन्न भ्याएका छन ।

केहि दिनमा माओवादी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन बताएका उनले यो मोर्चा तल्लो तहसम्म बन्ने बताएका छन । एमालेलाई यसमा समेट्ने विषयमा नेतृत्व वाधक रहेको बताए उनले एमालेमा पनि एकताका पक्षधरहरू रहेकोले नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँने आशा व्यक्त गरेका छन ।

एकीकृत समाजवादीका नेताहरुको एक हिस्सामा देखिएको एमाले मोह,वामदेव गौतमले चालेको पछिल्लो कदम र यी सवैलाई बाटो दिन एमालेले उमेरहद हटाउन गरेको निर्णयले प्रचण्ड अझ झस्किएका छन । जसले एकीकृत समाजवादीसमेलाई चस्को परेको छ भने कम्युनिष्ट शब्द छोड्नपर्ने बाबुराम भट्टराईको प्रस्ताव अर्को बाधक बनेको छ । जुन प्रस्ताव आफ्नो सपनाकै विपरित हुने बुझेका प्रचण्ड बाध्यताबश अहिले करिब एक वर्षअघि सुरु भएको एमाले बाहेकका वामपन्थी दलहरुको मोर्चा बनाउने प्रयासलाई निष्कर्षमा पुर्याउने दवावमा छन ।

फलत ः चार दलले समाजवादी केन्द्र बनाउने विषयमा छलफल नै चलाउन थालेपनि नेसपाका नेताहरू भने यस विषयमा अनभिज्ञ छन् । जसले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने यो मोर्चामा नअटाउने सम्भावना बढेको छ भने आफू निरन्तर जित्दै आएको निर्वाचन क्षेत्र नै छाड्नु र प्रचण्डको प्रशंसा गर्नु पछाडिको बाबुरामको स्वार्थमाथि समेत धक्का लाग्ने देखिएको छ । यद्यपी माओवादीलगायत वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउने उनको सपना भने प्रचण्डले ओली छोडेर कांग्रेस रोजेबाटै तुहिएको थियो ।

प्रचण्डको भारत भ्रमणपछि उनीहरुवीचको दरार अझ बढ्दा दुवै जना विरुद्ध पूर्व वालसेनाले सर्वोच्चमा रिट दायर गरेपछि स्वार्थको मिलनतर्फ अघि बढ्ने सम्भावनालाई समेत नर्कान सक्ने अवस्था भने छैन । जहाँ एउटै पार्टीमा रहेर छुट्टिएका भट्टराई र उपेन्द्र यादवबीच सुमधुर हुन नसकेको सम्बन्ध समेत यसको अर्को बाधकका रुपमा देखिएको छ भने विप्लवसहितको मोर्चा बनाउने र पछि पार्टी एकता गर्ने प्रचण्डको तयारीप्रति माओवादीका दोस्रो तहका नेता पनि सन्तुष्ट देखिएका छैनन् ।

विप्लवसँग वार्ता गर्न प्रचण्डले महरालाई खटाए पनि जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत लगायतका नेता असन्तुष्ट रहेको स्रोतको दाबी छ । तर नेतृत्व गर्ने प्रचण्डका छटपटिका अघि उनीहरु निरिह बन्दा अस्थित्वकै संकटमा रहेको एकीकृत समाजवादी पनि मोर्चाको हतारोमा देखिन्छ ।

स्वार्थका कारण एक ठाँउमा उभिन लागेका उनीहरुमध्ये प्रचण्ड आगामी दिनको राजनीतिक परिदृश्य हेरेर कम्युनिस्ट घटकलाई एकै ठाउँमा ल्याउने कसरतमा देखिएका हुन । जहाँ प्रतिनिधिसभामा अहिले माओवादी केन्द्रका ३२, जसपाका १२ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन्। जुन संख्या एक हुँदा कुनै पनि बेला सरकार निर्माणका लागि निर्णायक बन्न सक्ने फाईदा समेत प्रचण्ड रहेने छन ।

त्यस्तै विप्लवलाई भित्र्याउदा दोस्रो तहका नेताहरुमा बढ्ने शक्ती संघर्षले शक्तिमै रहिरहन सहयोग पुग्ने विश्वासमा छन । मोर्चा बने कम्युनिष्टका नाममा एमालेतर्फ एकीकृत हुनसक्ने कम्युनिष्ट गुटहरुलाई रोक्ने समेत भूमिका खेल्ने देखिदाँ नेतृत्व गर्न प्रचण्डमा देखिएको छटपटि र अन्यमा देखिएको स्वार्थ कहिलेसम्म मिल्छ त्यो भने यसै भन्न सकिने अवस्था छैन ।