Breaking

आउँदो वर्ष गणतन्त्र दिवस नआओस् : रवीन्द्र मिश्र


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब आउने पुस्ताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् ।

१६औँ गणतन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रसँग एक बालिकाले लिँदै गरेको सेल्फीको भिडिओ सामाजिक सञ्जालमा राख्दै उनले उक्त पुस्ताका लागि बस्न योग्य देश बनाउनका लागि राजसंस्था चाहिएको बताएका हुन् । उनले आगामी वर्ष गणतन्त्र दिवस आउन नहुने बताएका छन् ।

‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस् !, उनले बालिकासँग पूर्वराजाको भिडिओ‌ राख्दै भनेका छन्, ‘उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि ‘कुशल संस्थाुका रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन ।’

उनले समग्रमा अहिलेको पुस्ता सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी र सबैभन्दा राष्ट्रघाती पुस्ता बनेको पनि बताएका छन् । केही असल नागरिकलाई छाडेर अहिलेकोो पुस्ता सबैभन्दा राष्ट्रघाती बनिसकेको बताउँदै भनेका छन्, ‘कमसेकम यी बालिकाको पुस्तामाथि अपराध नगरौँ ।’