Breaking

खाँणलाई फसाएर देउवाको आडमा आरजु, बादल कसरी जोगिए ? (भिडियोसहित)

'ढुंगो बोल्ला इन्द्रजित बोल्दैन'


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ व्यक्तिहरू नै जोडिएपछि राजनीतिक नेतृत्वको छटपटी बढेको छ । आफु निकटलाई बचाउन प्रमुख तीन दलका नेताहरू सक्रिय बनेको विषयले अनुसन्धान नै प्रभावकारी हुनेमा शंका देखिन्छ ।
देउवाको आड पाएपछि अड्डीएकी आरजु आजभोलि पुरापुर आत्मविश्वाससहित बोल्न थालेकी छिन् । जबकि आरजुसँगै नाम जोडिएकी मञ्जु खाँण पति बालकृष्ण खाँण पक्राउ परेपछि फरार छिन् । अहिले नेपाली काँग्रेसभित्रै प्रश्न उठेको छ, ‘खाँण दम्पत्तिलाई फसाएर आरजुलाई बचाउन सभापति शेरबहादुर देउवा किन सक्रिय छन् ? ’उनीहरूले सभापति देउवालाई निवासमै भेटेर सचेतसमेत बनाएका छन् । बालकृष्ण खाँण पक्राउ पर्नुको दुःखभन्दा आरजु अनुसन्धानको दायरामा नआएको चिन्ता काँग्रेसभित्रै पनि छ । यता मञ्जु कानुनी दायरामा आए आरजुको नाम आउने निश्चित जस्तै भएको काँग्रेसका नेताहरू बताउँछन् । तर खाँण दाम्पत्तिको जिम्मेवारी आफ्नो नभएको बताउने आरजुले आफ्नैमात्र बचाउ गरिरहेकी छिन् ।

देउवा प्रधानमन्त्री बन्दा आरजुलाई बालुवाटारभित्रको छाया शक्तिको रूपमा सार्वलजनिक बुझाई थियो । गृहमन्त्री खाँड भएपनि शक्ति आरजुको मुठ्ठीमा हुन्थ्यो भन्ने चर्चा अहिले पनि निकटहरूबाट हुन्छ । आफुसमेत मुछिएपछि अनौपचारिक संवादमा खाँडले भन्ने गरेका थिए, ‘सबै सरसल्लाहमै भएको हो । ’काँग्रेसभित्रको संस्थापनइतर धारका नेता वा काँग्रेसबाट निस्किएकाहरु सबैले आरजुमाथि प्रश्न उठाएरै निस्किने गरेका छन् । यसर्थ यसमा उनी निर्दाेष हुन् भन्नुभन्दा पहिले १० पटक सोच्न आवश्यक छ ।

प्रश्न उठेपछि प्रमाण जुटाएर अनुसन्धानको दायरामा ल्याउने काम प्रहरीले गर्नुपर्ने हो । तर आरजु, मञ्जु र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित अख्तियार प्रमुख प्रेमकुमार राईमाथि प्रश्नमात्रै उठेको छ, प्रहरी प्रमाण जुटाउन असफल छ ।बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राई बैशाख १९ मा पक्राउ परेका थिए । ११ दिनवित्योउनीबाट बादलविरूद्धको बयान ओकलिएको छैन । आन्तरिक स्रोतले दिएको सूचना अनुसार इन्द्रजित राईले अहिलेसम्म बादलका विषयमा चुईक्क बोलेका छैनन् ।जबकि बादल गृहमन्त्री हुँदा गृहसचिव रहेका प्रेम राईबीचको कनेक्शन इन्द्रजितकै बयानमात्रै खुल्छ । तर ढुंगो बोल्ला इन्द्रजित बोलेका छैनन् । उनले जे-जे बोल्नुछ अदालतमा बोल्छु भनेपछि प्रहरीलाई पनि थप खोतल्न समस्या भइरहेको छ ।तथापी आइतबारमात्रै बादलका पुत्र प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।तर उनी यसअघिदेखि नै फरार छन् ।

नक्कली शरणार्थी प्रकरणको जालो गिरोहदेखि गृहमन्त्रालयसम्म विस्तार गर्दै कार्यदल बन्दा नेतृत्वमा बादल थिए । गृहसचिव प्रेम राई थिए । जो अहिले भ्रष्टाचारमाथि नियमन गर्ने निकाय अख्तियारको प्रमुख छन् । निर्णयकर्ताका रुपमा गृहको जिम्मेवारीमा रहेकाहरु कसरी अनुसन्धानको दायरामा आएका छैनन् ? मुल शंका यसमै छ । जबकि गृहसम्म गिरोहलाई पु¥याउन सहजीकरण गरेका टोपबहादुर रायमाझी आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार छन् । फलतः सामान्य भुइँमान्छेदेखि बौद्धिक तप्काले अहिले शंका गरिरहेका छन् । यसमा ओली, प्रचण्ड र देउवाबीच सेटिङ भएर दोषी उम्काउने प्रपञ्ज भइरहेको छ । दिनहुँ उनीहरुबीच हुने भेटलाई पनि आमजनले शंका गरेका छन् ।

यही प्रकरणमा जोडिएको प्रमाण फेला परेपछि काँग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर अनुसन्धानको समय सकिँदै गएपछि बाँकी भीआईपी पक्राउ पर्ने सम्भावना कमजोर बन्दै गएको छ । यता सिंहदरबारमा तारन्तार शीर्ष नेतृत्वको भेट बाक्लिएको छ । कतै भ्रष्टाचारको एउटामात्रै फाइल खोलेका प्रचण्ड, ओली र देउवाको मतियार त बन्दै छैनन् ?