Breaking

शरणार्थी प्रकरणमा ओली दम्पत्तिको संलग्नता छैन: राष्ट्रिय युवा संघ


काठमाडौँ — नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यको कुनै संलग्नता नरहेको दावी गरेको छ । विहिबार योहो टेलिभिजनको समयचक्रमा सो प्रकरणमा पक्राउ परेका दुई आरोपीहरुले ओली दम्पत्तिले समेत भाग बुझेकोबारे अनुसन्धानकर्ताहरुसंग बकेको विषय श्रोतले दिएको सुचनाका आधारमा सम्प्रेष्ण गरिएको थियो ।

तर राष्ट्रिय युवा संघ नेपालले समाचारमा कुनै सत्यता नभएको र कपोल्कल्पित सुचना सम्प्रेषण भएको भन्दै खण्डनका लागि आग्रह गरिएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जारी गरेको खण्डन पत्रमा ‘कपोल्कल्पित तथ्यहिन् लान्छनाबाट नेपाली जनतालाई भ्रम श्रृजना गरि नेकपा एमाले र पार्टी अध्यक्षको बदनाम गर्ने षड्यन्त्र खेद जनक रहेको छ’, भनिएको छ ।

योहो टेलिभिजनलाई प्राप्त श्रोतको सुचनाका आधारमा मंगलबार पक्राउ परि बुधबार म्याद थपका आवश्यक अनुसन्धान र सोधपुछका क्रममा आरोपीहरु रामशरण केसी र गोविन्द चौधरीले बालकोट स्थित ओली निवासमा पैसा बुझाएको दावी गरेको भन्ने विषय कार्यक्रममा समावेश भएको थियो । तथापी नक्कली भुटानी शरणार्थी प्रकरण उचालिएको बेला बास्तविकता सत्थतथ्य पत्ता लगाउने जिम्मेवारी प्रहरीले गर्ने नै छ ।