Breaking

उपमेयरमाथि जाइलाग्न थाले धरानका मेयर साम्पाङ


काठमाडौँ – निर्वाचित भएदेखि वडाध्यक्षहरुसँग विवाद गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अब उपमेयर आइन्द्रविक्रम बेघाविरुद्ध पनि खनिन थालेका छन् ।

धरानमा पानी ल्याउन श्रम अभियान चलाइरहेका मेयर साम्पाङले निर्वाचित भएयता वडाध्यक्षहरुसँगको सम्बन्ध सुधार्न नसकेका उनले अब उपमेयरसँग पनि दोहोरी खेल्न थालेका हुन् । मेयरले अभिभावकका रूपमा वडाध्यक्षहरूसँग संवाद गरेर कार्यपालिका बैठक राख्नुपर्नेमा उनले राजीनामा माग्दै आएका छन् ।

धरानमा नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुको बाहुल्यता छन । वडाध्यक्षहरूसँग समन्वय गर्न नसकेर संघीय सरकारले पठाएको बजेटसमेत परिचालन गर्न नसकेका उनी अब नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर अइन्द्रविक्रम बेघामाथि खनिएका छन् ।

उपमेयर बेघाले अभिभावकको भूमिका निर्वाह गरेर धरानको समस्या समाधान गर्न आग्रह गरेपछि साम्पाङले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् । अब वडाध्यक्षसँग भिड्दै आएका मेयर साम्पाङ उपमेयरविरुद्ध पनि सामाजिक सञ्जालमा मोर्चाबन्दीमा उत्रिएका हुन् ।

उनले मंगलबार बेघामाथि प्रहार गर्दै उपमेयरले पनि आफ्नो रङ देखाएको उल्लेख गरेका छन् । क्षण क्षणमा फेसबुक र टिकटमा देखिइरहने उनले उपमेयर र वडाध्यक्षमाथि आक्रोश पोखिरहेका छन् ।

त्यसपछि उनले उपमेयर बेघाले पनि रङ देखाएको भन्दै आक्रोश पोखेका छन् । स्मरणीय के छ भने वडाध्यक्षहरूले साथ नदिँदा पनि उपमेयर बेघाले मेयर साम्पाङको हरेक अभियानमा सघाउँदै आएका छन् ।