Breaking

गृहसचिव पाण्डेले दिएका थिए खाँणकै निर्देशनमा आफूले काम गरेको बयान


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी हिरासतमा रहेका सचिव टेकनारायणले पूर्वगृहमन्त्री खानकै निर्देशनमा आफूले काम गरेको बताएका थिए । उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले गत बुधबार पेप्सीकोलाबाट पक्राउ गरेको थियो ।

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको थियो । कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए ।