Breaking

राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे परामर्श गर्दै


काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दैछन् ।

आज दिउँसो १ बजे कानुनविदहरुसँग परामर्श गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अघिल्लो सरकारको पालामा दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतलनिवास पठाइए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

सो विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको ६ महिनाभित्र टुंगो लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए । त्यसक्रममा कानुन व्यवसायीहरूले राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्ने बताएका थिए ।