काठमाडौँ – वीर अस्पतालको पुरानो घरको पर्खाल भत्किदा ४ जना घाइते भएका छन् । अस्पतालको मुख्य भवन पछाडिको पुरानो भवनको छतको पर्खाल भत्केर बिरामी आफन्त कुरेर बसेका ठाउमा खसेको हो ।
पर्खाललाई नछोपेको र घामपानीले असर गरेर कमजोर बनेको पर्खाल आज परेको पानीले भत्काएको हुनसक्ने अस्पतालले बताएको छ । छतको पर्खाल खसेर बिरामी आफन्त कुरेर बसेका अंशु चौधरी, धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी घाइते भएका छन । घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।


प्रतिक्रिया