काठमाडौँ — अहिले एक नगरपालिकाका वडाध्यक्षले नेपाल सरकारका उपसचिवलाई मुक्का प्रहार गरेको भिडियो चर्चामा छ । सार्वजनिक स्थलमा देखिएको यो दृश्यले कर्मचारी र जनप्रतनिधिबीचको टसलको संकेत गरेको छ । वास्ताविकता के हो त ? दृश्यमा देखिए अनुसार पहेँलो ज्याकेट लगाउने व्यक्तिले कालो ट्याकसुटमा भएका व्यक्तिलाई घोक्रे ठ्याक लगाउन खोजेको देखिन्छ । उनिहरु बीचको संम्वादमा पहेँलो ज्याकेट लगाउने व्यक्तिले पछाडीबाट अलि झ्वाक्किए जसरी सोध्छन्।
तपाई हो र यहाँको उ के सोच्या ? को हो तपाई ?कालो ट्याकसुटमा भएका व्यक्तिले आफू वडाध्यक्ष भएको बताउँछन् तर उनले वडाध्यक्ष भनेको वचन भुईमा खस्न नपाउँदै यता पहेँलो ज्याकेट लगाउने व्यक्तिले हात गर्धनमा पुर्यार घचेट्छन् ।
त्यसपछी कालो ट्याकसुट वाला व्यक्ति केही सेकेण्डको मौका मिलाएर ती व्यक्तिलाई नाकको डाँडी नै भाँच्चीने गरि कसिलो मुक्का प्रहार गर्छन् । र ती व्यक्ति रन्थनीएर भूइँमा लड्छन् । खासमा यो भिडियोको रहस्य के हो त ?र यी फिल्म सुटिङकै झल्को दिने गरि लडाइँ गर्ने यी दुई को हुन् त ? पहेँलो ज्याकेट लगाउने व्यक्तिको नाम नेत्र कार्की । उनी नेपाल सरकारका उपसचिव हुन् । र कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यररत छन् ।
अनि मान्छे ढल्ने गरि कसिलो मुक्का प्रहार गर्ने युवा चाहीँ विनोदसिंह विष्ट । उनी सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका ती नम्बर वडाध्यक्ष । यी दुई विचको लडाइँमा खास ठूलदो रहस्य छैन । र घटना पनि करिव ३५ दिन अघिको हो । विरेन्द्रनगर नगरपालिकाका ती नम्बर वडामै उपसचिव नेत्र कार्कीको घर छ । पुख्र्याेली थलो दैलेख भएपनि बसाई सरि विरेन्द्रनगरमा जग्गा खरिद गरि घर बनाएर बस्न थालेका थिए । उनी यहाँका नयाँ बासिन्दा हुन् । भर्खर भर्खर बसोबास थालेका कार्कीले आफ्नै वडाध्यक्ष समेत राम्रोसंग चिनेका रहेनछन् । र शनिबार विदाको दिन वडाध्यक्षले फित्ता बोक्दै सडकको नाली काट्न जग्गा दिनुपर्याे भन्दै आफूखसी नापजाँच गर्न थाले पछि उपसचिव ज्युको रिसले पारो तात्तिएछ ।
विना प्राविधिक, विना सुचना आफूखुसी सडकका लागि यति जग्गा जाने भयो भन्दै नापजाँच गर्न थालेपछि आफू आक्रोशित भएको र भनाभन हुँदा धकेलाधकेल भएको उपसचिव कार्कीको भनाई छ ।भिडियो भाइरल भएपछिसम्पर्क गर्दा उनले घटना महिना दिन अघिको भएको बताउँदै विर्सिसकेको घटना पुन व्युतिएकाले तनावमा रहेको बताएका छन् । उनका अनुसार वडाध्यक्षसंग भएको त्यो लफडा आपसमा मेलमिलाप गरि समझ्दारी कायम भइसकेको छ ।
ज्यानै लिने किसिमको त्यो मुक्का प्रहारलाई कार्कीले समझ्दारीमा विषय टुंग्याएका थिए । पहिले उपसचिव कार्कीले हात लगाएपछि त्यसको भारी बदला लिएको देखिन्छ । यस विषयमा बुझ्नवडाध्यक्ष विष्टसंग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । यद्यपी यो घटना मुख्यमन्त्रीको कार्यालय र वडाध्यक्षबीचको लडाइँ नभएको देखिन्छ । वडाध्यक्षले आफुखुसी दम्भ देखाउन खोज्दा वडाबासीसंग दुर्घटना हुन पुगेको देखिएको छ ।
प्रतिक्रिया