Breaking

नेपाली कांग्रेसका चौधरीद्वारा लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस


काठमाडौँ — नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचन समक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार आफ्नो दाबी पेश गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेको हो ।

चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समेत समर्थन रहेको छ । एमालेबाट मुख्यमन्त्री भएका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धनअनुसार चौधरी मुख्यमन्त्री बन्न लाग्नु लागेको हो ।