Breaking

एमाले नेताहरुले संसदमै खोजे अर्थमन्त्री महत, वितृष्णा र निराशाबाट जनतालाई कसले जोगाउने ?


काठमााडौँ — राष्ट्रिय सभा बैठकमा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्ताव पेस भएको छ । प्रस्तावमाथि छलफलमा सहभागीहरुले अर्थतन्त्र सुधार कसरी गर्न सकिन्छ भन्नेबारे आफ्नो धारणा राखेका छन् भने अर्थमन्त्री प्रकाशशरण महत भने समस्या समाधानका लागि सत्ता पक्ष र प्रतिपक्ष मिल्नुपर्ने भनेका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्ताव पेस गर्नुभयो ।

प्रस्ताव पेस हुने वित्तिकैएमाले सांसद्हरुले अर्थमन्त्री डा.प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक केही समयकालागि स्थगित भयो ।एमालेका सांसदहरुको माग अनुसार बैठकमा सहभागी अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्ने बताए । प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरुको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने तर्क गरे ।

सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने साह नेपाली जनताका समस्या समाधान गदै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताछिन् । मुलुकको अर्थतन्त्र सुधार गरी मुलुकमा समाजवादका आधारहरु तयार गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्ने भन्दै उनले मुलुक आर्थिक रुपमा श्रीलंका र पाकिस्तानको बाटोमा जान नदिनको लागि सार्वजनिक महत्वको प्रश्ताव पेस गरिएको तर्क गर्छिन् । बैठकमाराष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने माग गरे ।

मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै उनलेबजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्युनिकरणमा सहयोग पुग्ने दाबी गरे । बुधबारको बैठकमा भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे पनि कुरा उठ्यो । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने बताइन् । कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने सांसद पौड्यालको माग छ ।

बैठकमा समानुपातिक निर्वाचन प्रणाली खारेजी गर्नुपर्ने मागसमेत उठेको छ ।राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक, समावेशि सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बता बताए । यस्तै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेट अभावका कारण निर्माण हुन नसकेको र पठन पाठन मा समेत समस्या भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारसँग माग गरेकी छिन् ।