विदेश

पुनः राष्ट्रपति पदमा उम्मेदवारी दिने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा


काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका वाइडेनले पुनः दोस्रो कार्यकालका लागि ४७ औँ राष्ट्रपति पदममा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आउँदो वर्ष सन् २०२४ मा शक्तिmशाली राष्ट्र अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ । ४६ औं राष्ट्रपति जो बाइडेनको कार्यकाल सकिने भएसँगै आउँदो वर्ष अमेरिकामा राष्ट्रपतिय चुनाव हुन लागेको हो । २०२४ मा हुने राष्ट्रपतीय चुनावमा पनि बाइडेनले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । २०२० मा राष्ट्रपतिमा निर्वाचित भएका जो बाईडेन सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका थिए ।

बाइडेन दशकौँको अनुभव प्राप्त विदेश नीतिका ज्ञाता अनि प्रखर वक्ता एवम् राजनीतिज्ञका रूपमा परिचित छन् । जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन् । जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् । बाइडनको वाशिङ्टनसँगको नाता ५१ वर्षअघि सन् १९७३ मा जोडिएको थियो । जबकी उनी अमेरिकी सिनेटका सदस्य थिए । उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३७ वर्षअघि सन् १९८७ मा भएको थियो ।

पुनः राष्ट्रपतीय चुनावको सामना गर्ने घोषणा गरेका उनी ८० बर्षको उमेरमा राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने अमेरिकाको पहिलो राष्ट्रपति बन्ने तयारीमा अघि बढेका हुन् । राष्ट्र प्रमुखका रूपमा आफूले शपथ लिएर सुरु गरेका सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर दिन राष्ट्रपति बाइडेनले मतदातासमक्ष पुनः आग्रह गरेका छन् । ह्वाइट हाउसमा पुनः उनी पुगेमा कार्यकालको अन्त्यतिर उनको उमेर ८६ वर्ष हुनेछ ।

आधा शताब्दीभन्दा बढी समय राजनीतिमा लागेका उनको वासिङ्टन अनुभव उमेरभन्दा महत्वपूर्ण हुने विश्लेषकहरूले बताएको छ । उहाँ जत्तिकै अनुभवी प्रतिस्पर्धी नभएकाले उनको दलले पनि उम्मेदवारीलाई अनुमोदन गर्नेछ । बन्दुक हिंसा अन्त्यदेखि सुरक्षित गर्भपतनको अधिकारसम्मका विविध मुद्दाका कारण विभाजित अमेरिकी समाजलाई एकताको सूत्रमा आबद्ध गर्न उनले कठोर सङ्घर्ष गर्नुपर्नेछ ।

ट्रम्प प्रशासनले तहसनहस पारेको अमेरिकालाई पुनः लयमा फर्काउने वाचा गरेको चार वर्षपछि राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अधिक अमेरिकी नागरिकको स्वतन्त्रताका निम्ति आफ्नो उम्मेदवारी अपरिहार्य भएको उनले बताएको छ । अमेरिकाको ४७ औँ राष्ट्रपति बन्ने बाइडेनको योजना सफल होला त ?