Breaking

बारा २ को उपनिर्वाचनको मतगणना पुनः सुरु


काठमाडौँ – बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ ।

मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो ।

सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेका थिए । त्यसपछि जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाहा पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको थियो ।

चाबी लिएर हिँडेका प्रतिनिधिहरुलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै निर्वाचन कार्यालयले माइकिङ नै गरेको थियो । ‘उनीहरु आएपछि करिब एक घण्टापछि मतगणना सुरु भयो,’ स्रोतले भन्यो ।

बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा छन् । हालसम्मको गणनामा अध्यक्ष यादवले अग्रता लिएका छन् ।