Breaking

चितवनमा सर्वदलीय सुरू, मतगणनास्थलमा कडा सुरक्षा


काठमाडौँ – चितवन क्षेत्र नं. २ को मतगणना सुरू गर्न सोमबार सर्वदलीय बैठक बसिरहेको छ ।

बिहानै ८ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिलो सुरू भएको हो । अहिले मतगणनास्थलबाहिर कडा सुरक्षा गरिएको छ ।

राजनीतिक दलका प्रतिनिधिहरु मतगणनास्थल पुगेपछि ढिलोगरी सर्वपक्षीय बैठक बसिरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ८ बजे बस्ने गरी आइतवार नै बैठक डाकेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना व्यवस्था गरेको छ । आइतवार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नआएको भन्दै सत्ता गठबन्धनका दलहरुले सर्वदलीय बैठक राख्न मानेका थिएनन् ।