Breaking

कोहीसँग तालमेल गरेको छैन, हाम्राविरुद्ध षड्यन्त्र गर्न खोजियो : रवि


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेक न्युज कारखाना चलाएर रास्वपाका विरुद्धमा गलत सूचना प्रवाह भइरहेको दाबी गरेका छन्।

आइतबार उपनिर्वाचन सुरु भएसँगै सामाजिक सञ्जालबाट भिडिओ सन्देश पोस्ट गर्दै सभापति लामिछानेले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर फेक न्युज कारखाना चलाएको दाबी गरेका हुन् ।

हारको मानसिकता बोकेका मानिसहरूको पछि नलाग्न उनले मतदातालाई आग्रह समेत गरेका छन् । ‘रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ । न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं,’ सभापति लामिछानेले भनेका छन्, ‘कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला ।’

साथै, उनले आफूहरुविरुद्ध भएको घेराबन्दी र षडयन्त्रको जवाफ जनताले भोटमार्फत दिने पनि बताएका छन् ।