Breaking

भारतीय प्रधानमन्त्री मोदीलाई हमलाको धम्की, राज्यभर उच्च सुरक्षा सतर्कता


काठमााडौँ — भारतीय जनता पार्टी भाजपा प्रदेश कार्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी भ्रमणलाई लिएर धम्की दिने पत्र प्राप्त भएपछि केरलालाई उच्च सतर्कतामा राखिएको छ । वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको कडा सुरक्षाका वीच पनि प्रहरीकै अगाडी हत्या गरेको एक हप्ता पनि नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आक्रमण गर्ने धम्की आएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी विजेपीको प्रदेश कार्यालयलाई प्राप्त भएको छ । पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले धम्की दिने व्यक्तिको पहिचान गरेको छ ।

विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहो¥याएका छन् । केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका छन् भने थप विवरण खोजिरहेको छ । विजेपीका राज्य प्रमुख के सुरेन्द्रनले प्रधानमन्त्री मोदीका निर्धारित सबै कार्यक्रम हुने बताएको छ । मोदी सोमबार कोच्चीका कार्यक्रममा सहभागी भएर भोलिपल्ट तिरुवनन्तपुरमा वन्दे भारत एक्सप्रेसको उद्घाटन गर्ने र जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदीको केरला भ्रमणले राज्यको विकासलाई गति दिनेछ ।

राज्यका जनतामा ठूलो उत्साह र अपेक्षा छ । भ्रमणबाट केरलाको राजनीतिक परिवर्तन प्रारम्भ हुनेछ । पार्टी राजनीतिभन्दा माथि केरलाको विकास चाहनेहरू प्रधानमन्त्री मोदीका कार्यक्रममा सहभागी हुने पत्रकारमाझ राज्यप्रमुख सुरेन्द्रनले भनेका छन् । प्रहरी अतिरिक्त महानिर्देशकले सुरक्षा व्यवस्थाबारे उच्च निकायलाई लेखेको गोप्यपत्र सञ्चार माध्यमबाट सार्वजनिक भएकोमा सत्तारुढ दलका नेताहरूले चिन्ता व्यक्त गरेका छन । केरला निवासी विदेश राज्यमन्त्री एम मुरलीधरनले सुरक्षा निकायको गोप्यपत्र सार्वजनिक हुनुलाई प्रहरीको गम्भीर त्रुटी भनेको छ । तर मोदीलाई ज्यान मार्ने धम्की दिएको भने यो पहिलो पटक हैन ।