काठमाडौँ — भारतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीको पुनरावेदन खारेज गरिदिएको छ । सुरत जिल्ला अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता गान्धीले उक्त फैसलाविरुद्ध सेसन कोर्टमा गत अप्रिल ३ मा पुनरावेदन दिएका थिए । यतिबेला भारतीय कांग्रेस आईका नेता राहुल गान्धी राजनीतिक समाचार र बहसको केन्द्रमा छाइरहेका छन् । भारतीय सत्ता एवं सत्ताधारीले बोक्ने विचारधारामाथिको अथक आलोचनाले पनि गान्धीलाई राजनीतिको केन्द्रमा ल्याइपु¥याएको छ ।
राहुल गान्धी समाचार र बहसको केन्द्रमा छाइरहेको बेला भारतको एउटा अदालतले कांग्रेस आईका नेता गान्धीलाई ४ वर्ष पुरानो आपराधिक मानहानी सम्बन्धी मुद्दामा २ वर्षको जेल सजाय सुनायो । गुजरातको सुरत अदालतले लगत्तै उनलाई धरौटीमा छाड्ने आदेश दियो र माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय पनि । गान्धीले सजाय पाएको घटना सन् २०१९ को हो । त्यतिबेला उनले मोदी थरप्रति एउटा टिप्पणी गरेका थिए । सबै चोर चाहे निरव मोदी हो ललित मोदी हो वा नरेन्द्र मोदी उनीहरुको थरमा मोदी किन छ । उनको यो भनाइलाई लिएर मुद्दा दायर गर्नेले अधिकतम सजाय माग गरेका थिए । अदालतले माग अनुसार नै सजाय पनि तोक्यो । गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरको बारेमा गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा दायर गरेका थिए ।
एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले सबै चोरहरूको मोदी साझा थर कसरी भयो भन्ने प्रश्न गर्दै अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा दायर गरेको थियो । गान्धीलाई माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको थियो । तर अदालतबिरुद्ध गान्धीले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले खारेज हुने निर्णय सुनाएको छ ।
एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको थियो । जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले गान्धीको सांसद पदबाट समेत निलम्बन गरेको थियो । गान्धीका समर्थकहरूले भने संसद पदबाट निलम्बनमा परे पछि लोकतान्त्रिक संस्थाहरू कमजोर भएको सङ्केत भएको दाबी गरेका थिए ।
प्रतिक्रिया