Breaking

चुनावी शक्ति प्रदर्शन, गगन–रवि भिड्दै, स्वर्णिमप्रति खनियो कांग्रेस, उपेन्द्र हराउन लागे सिके


काठमाडौँ — बैशाख १० नजिकिएसंगै राजनीतिक दल तथा उम्मेदवारहरु चुनावी आमसभामा केन्द्रीत भएका छन् । तीन निवर्माचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा ठूला नेताहरु नै उम्मेदवारको प्रचारमा व्यस्त छन् भने आमसभालाई जतिसक्दो धेरै मानिस उतारेर शक्ति प्रदर्शनको झल्को दिइरहेका छन् । उपनिर्वाचनका लागि चुनावी प्रचार प्रसारको कार्यक्रम उम्मेदवारहरुका लागि अब केही घण्टाको मात्रै समय बाकी छ । विहिबारसम्मको समय ख्याल गरेका उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो दलको ठूला र चर्चित नेताहरुलाई उतारेर भाषण गर्न लगाउने, जतिससक्दो धेरै कार्यकर्ताहरु उपस्थित गराउने र शक्ति प्रदर्शन गर्ने नीतिमा सक्रि छन् ।

चितवन, तनहुँ र बाराको निर्वाचन क्षेत्रमा जसरी पनि जित्ने दाउमा रहेका उम्मेदवारहरु सम्भवत आफ्नो क्षमता र लोकप्रियताले मात्रै धान्ने स्थिति नभएपछि केन्द्रीय प्रभावशाली नेताहरुसंग गुहार मागेका हुन् । तनहुँ र चितवनमा उम्मेदवारी दिएको नेपाली काँग्रेसले रास्वपाको उर्लिदो माहोललाई रोक्न केन्द्रीय नेताहरुको परिचालनलाई व्यापक बनाएको छ । मनोनयन दर्ता देखिनै गगन थापा र विश्वप्रकाश शर्माको बास त्यतै छ । उनीहरुले मात्रै नपुगेर पार्टीका अरु नेतासहित गठवन्धनमा रहेका दलका नेताहरु समेत आमसभामा पुग्न थालेका छन् ।

मतदातालाई आफ्नो दल र उम्मेदवारको प्रभाव बलियो छ भनेर देखाउन गठवन्धनमा रहेका दलका नेता कार्यकर्तालाई समेत आमसभामा उपस्थित हुन काँग्रेसले सम्वन्धीत दलमार्फत निर्देशन दिन लगाएको छ । मंगलबार तनहुँ १ बाटै संसदीय राजनीति गरिरहेका त्यहाँका प्रभावशाली नेता नेकपा एसका सांसद किसान श्रेष्ठले आमसभामा उभिएर काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन मतदातालाई आग्रह गरे । उनको अभिव्यक्तिमा सामान्य आग्रह मात्रै थिएन, रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई काँग्रेसमा दाई भाउजूको पेलानमा परेर रास्वपा छिरेको भन्नेले भोली रास्वपामा रवि लामिछाने र उनको श्रीमतिको पेलान सुरु भए कहाँ जाने भन्दै प्रश्न गरे । र टुरिष्ट उम्मेदवारबाट तनहुँको विकास सम्भव नभएको जिकिर गरे ।

यता चितवनमा पनि रास्वपाका उम्मेदवार सभापति रवि लामिछानेको उर्लदो भेललाई रोक्दै पराजयको स्वाद चखाउन काँग्रेससहित गठवनधनमा रहेका नेताहरु चितनव पुगेका छन् । काँग्रेसले चुनावी आमसभा सुरु गर्दै आमसभामा अधिकतम उपस्थिती देखाउन मेहनत गरिरहेको छ । सोमबार भएको आमसभामा उपस्थित १० औँ हजारको माहोललाई काँग्रेसले आफ्नो शत्तिः प्रदर्शनको रुपमा लिएको छ । र आगामी आमसभामा पार्टी सभापति शेरबहादुर देउवादेखि प्रभावशाली नेताहरुलाई नै उपस्थित गराएर शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

गत मंसिर ४ को निर्वाचनमा नारायणी किनारमा विशाल आमसभा गरेको रास्वपाले यस पटक आक्रमक रुपमा चितवन, तनहुँ र बारामा आमसभा आयोजना गर्दै शक्ति प्रदर्शनलाई तिब्रता दिएको छ । भेगीय हिसावले नजिक रहेका तनहुँ र चितवनको निर्वाचन क्षेत्रमा आमसभाका लागि उम्मेदवार समेत रहेका रवि लामिछानेको दौडधुप व्यापक छ । रास्वापका अधिकांश प्रत्यक्ष निर्वाचित सांसद र पार्टीका चर्चित अनुहारहरु आमसभामा वक्ताका रुपमा देखिएका छन् ।

नेकपा एमाले पनि तीनै निर्वाचन क्षेत्रमा घरदैलो मतदाता भेट कार्यक्रमलाई कम गर्दै आमसभामा केन्द्रीत भएको छ । गोकुल बास्कोटादेखि योगेश भट्टराई आफ्ना उम्मेदवारको जित सुनिश्चित रहेको भन्दै व्यापक प्रचार प्रसारमा फिल्डमै छन् । अन्तिम आमसभाहरुमा पार्टी तय भएको छ । बैशाख १० काृ उपनिर्वाचन वेभी वेटका नेताहरु प्रतिस्पर्धामा रहेकाले पनि उपनिर्वाचन महानिर्वाचन जस्तो बनिरहेको छ ।