Breaking

राजेन्द्र लिङ्देन कड्कीए संसदमा, सडक संघर्षको चेतावनी, प्रतिपक्षी हावी हुँदा बोल्नै छाडे सत्तापक्ष


काठमाडौँ — मंगलवारको प्रतिनिधि सभा बैठकमा अधिकांश सांसदहरुले मिटरव्याजी पीडितमाथी सरकारले गरेको व्यवहारमाथी प्रश्न उठाएका छन । सदन प्रधानमन्त्रीलाई सरकारको पूर्णता र विकासवारे प्रश्न उठाएका छन । देशलाई बन्धक बनाएको आरोप समेत सांसदहरुको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले शुन्य र विशेष समयमा समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङदेनले न्याय माग गर्दै आएको मिटरव्याज पीडितहरुमाथी सरकारले निर्मम ढंगले आक्रमण भएको भन्दै आपत्ति जनाएका छन । उनीहरुमाथी भएको आक्रमणवारे सदनमै प्रश्न उठाएका छन ।

सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि लाठी हानेर गरिएको दमनबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन् । सांसद भीम प्रसाद आचार्यले सरकार धेरै अलमलिएको भन्दै कहिले पूर्णता प्राप्त कहिले गर्छ भन्दै प्रश्न गरेका छन । प्रधानमन्त्री र सरकारलाई सरकारले पूर्णता पाउन कति वर्ष लाग्छ भन्दै प्रश्न गरेका छन । देशलाई बन्धक बनाउने छुट नभएको भन्दै उनले सरकारको ध्यानकर्षण गराएका हुन् ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड छिमेकी मुलुक भारत भ्रमणको तयारीमा रहेका बेला सुस्ता क्षेत्रबाट चुनाव जित्दै सदन छिरेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्रीको आसन्न भ्रमणमा गण्डक र सुस्ता महत्वपूर्ण एजेन्डा बनाउन माग गरेका छन । सांसद बिजुला रायमाझीले देशका १८ देखि ४० वर्षभित्रका युवाहरु नेपालभित्रै बस्ने वातावरण कहिले बन्छ ? भनी सरकारलाई प्रश्न गरिन् । नेपालमा व्यवसायहरु धराशायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

राष्ट्रिय प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले संसदमा उठ्ने प्रश्नहरुको राम्ररी अभिलेख राख्नुपर्ने विषय समेत सदनमा उठान गरेकी छिन् । अधिंकाश बैठकमा सरकारको कामप्रति असन्तुष्टी जनाउँदै आएका सांसदहरुले मंगलवारको आफ्नो निर्वाचन क्षेत्रका समस्या साथै समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् । तर सरकारले सांसदहरुले उठाएका विषयाहरुलाइृ गम्भीरतापूर्वक ममन् गर्ने गरेको देखिन्न ।