Breaking

संसदको धज्जी उडाँउदै सरकार, सांसदहरु पनि भत्ता पचाउने मेलोमा, कति दिन छल्ने संसद ?


काठमाडौँ — संसदीय व्यवस्थामा जननिर्वाचित संसद नै राज्य सञ्चालन तथा र नीति निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण थलो मानिन्छ । महत्वपूर्ण राष्ट्रिय विषयमा छलफल गर्ने र निष्कर्ष निकाल्ने सन्दर्भमा समेत संसदले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यहि कारण संसदको गरिमा निकै महत्वपूर्ण छ तर पछिल्लो समयमा संसदमा देखिने भद्या दृश्यले संसदीय गरिमाको मानमर्दन भइरहेको छ । आईतबारको संसद वैठकमा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री नदेखिएको भन्दै हराएको सूचना पढेर कटाक्ष गरे । पछिल्लोपटक संसदमा प्रधानमन्त्री देखिनै छाडेको भन्दै यस्तो कटाक्ष गरेका थिए ।

पन्तको कटाक्षमा थप हौसिएदै प्रतिउत्तर दिने क्रममा काँग्रेसका सांसद रामहरी खतिवडालाई प्रधानमन्त्री शितलनिवासमा छन् उतै जानु भेट्न भन्ने रुखो जवाफ फर्काए । आईतबारकै वैठकमा एमालेकै सांसद ठाकुर गैरेले पनि अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरेका थिए । हुन पनि संसदले नै सरकार बनाउने भएकोले राज्य सञ्चालनमा यसले निर्णायक अर्थ राख्छ भने जनताको सवाल उठ्ने र जनप्रनिधिको यो थलोको प्रश्न प्रति जवाफदेही बन्नु सरकारको कर्तव्य पनि हो ।

अहिले पनि प्रतिनिधि सभा प्रत्येक बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराउदै आएका छन । तर हिजो तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा व्यवस्था नै खतरामा पर्यो भन्दै विरोधमा उत्रिएकाहरु नै अहिले सत्तामा रहँदा संसद छलिरहेका छन । यहि लाचारीपनलाई प्रश्न गर्दै मंगलबार रास्वपा सांसद सुमना श्रेष्ठले त आफ्ना प्रश्नहरुको जवाफ नआउने गरेको भन्दै पुरानो प्रश्न नै दोहोर्याएर व्यङग नै कसिन ।

हुन त आफ्नो हितअनुकुल अध्यादेश जारी गर्न संसदको गरिमाको दुहाई दिनेले नै संसदको धज्जी उडाएको घटनाहरु नौलो होइन । सांसदहरु पनि संसदको महत्वप्रति खेलाँची गर्दै आएका छन । यहि कारण महत्वपूर्ण विधेयकहरु छलफलमै रहेका वेला नै गणपुरक संख्या नपुगेको दृश्य संसदमा दोहोरिरहदा प्राय सांसदहरु भत्ता पचाउन हाजिरी गर्नमात्र पुग्ने गरेको पनि नौलो कुरा हैन । अर्थात नेपालमा जननिर्वाचित सर्वोच्च संस्था संसदलाई कमजोर पार्ने काम राजनीतिक नेतृत्वबाट निरन्तर हुँदै आएको छ । कतिपय सांसदहरु नै संसदको भूमिकालाई कमजोर पार्ने र त्यसप्रति नजरअन्दाजपूर्ण व्यवहार देखाउँछन् भने संसदीय गतिविधि र बैठकप्रति बेखबरजस्तै हुन्छन् ।

संसदको रोष्टममा उभिएर गहन विचार राख्ने, विचार विमर्शमा सहभागी हुने भन्दा अधिकांश समय अन्यत्रै दिने उनीहरु पनि केवल चर्चा हुने विषय राख्नेमै व्यस्त देखिने गरेका छन । संसदमा उठेको वादर निर्यात गर्ने जस्ता विषय यसैको उदाहरण भएको बताउने राजनीतिक विश्लेष डा.विष्णु दाहाल यस्ता गतिविधिले संसदको गरिमा खस्किने बताउछन । हुन पनि संसदीय अभ्यास अनुभवन नगरेका नयाँ सांसदकै कारण सांसदले रोस्टमबाट सभामुखको अनुमतिबिना नै अन्य सांसदहरूलाई मौन धारण गराएको दृश्य समेत देखियो ।

त्यस्तै सभामुखकै भूमिका र संसदको काम कर्तव्य र अधिकार नबुझेर अन्धकारमै कार्यकाल सकाउने सांसदहरु पनि छन । तर उनीहरुको क्षमतावृद्धि तथा सरकारलाई उदारदायी बनाउने कुरामा न त संसदकै ध्यान जान सकेको छ न उनीहरु आफैले आफूलाई संसदीय मर्यादा अनुरुपका आचारमा अभ्यस्त गराएका छन । जसले संसद तितो पोख्ने र आफ्ना मतदाताप्रति आफू संसदमा सक्रिय रहेको सन्देश प्रर्वाह गर्ने मञ्चको रुपमा बुझिरहेका छन् ।