काठमाडौँ — पूर्व परराष्ट्रमन्त्री कांग्रेस नेता डा.नारायण खड्कालगायत १२ जनाको नागरिकता छानबिन गर्न माग गरी गृह मन्त्रालयमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले सोमबार उक्त उजुरी दिएका हुन् । उजुरीमा खड्कासहित उच्चपदस्थ १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ ।
राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको छ।
प्रतिक्रिया