काठमाडौँ — राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले हरेक महिनाको तलबबाट तीन हजार रूपैयाँ खेलाडीका नाममा जम्मा गरिदिने बताएका छन् । संसद बैठकमा मंगलबार बोल्दै उनले संघ र प्रदेशका सांसदलाई पनि रकम जम्मा गर्न आग्रह गरे । खेलाडीहरू पलायन हुँदै गएको भन्दै त्यसलाई रोक्नका लागि केही पहल गर्नै पर्ने आवश्यकता रहेको उनले बताए । मेरो हरेक महिनाको तलबबाट तीन हजार रूपैयाँ खेलाडीको नाममा जम्मा गरिदिने छु ।
उनले भने,‘सबै प्रदेश संघीय संसदहरूलाई अनुरोध गर्दछु कि हामी ८८४ जना छौं यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रूपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ ।
प्रतिक्रिया