Breaking

मेयर बालेनविरूद्धको रिटमा आज सुनुवाइ हुँदै


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरूद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै सोमबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट दायर गरेका हुन् ।

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौँ महानगरको भएको रिटमा उल्लेख छ । तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजानुपर्ने र नियमित उक्त कार्य गर्नुपर्ने रिटमा माग गरिएको छ ।