काठमाडौँ — काठमाडौँ महानगरपालिका र संघीय सरकारबीचको टकराव अझै बढ्ने संकेत देखिएको छ । आवश्यक सहयोग नगरेको भन्दै महानगरपालिका प्रमुख बालेन एकपछि अर्को गरी संघीय सरकारविरुद्ध खनिन थालेपछि टकराव अझै बढ्ने संकेत देखिन थालेको हो । काठमाडौँ महानगरपालिकाले सिंहदरबारको फोहोर नउठाएको बिहीबार ठ्याक्कै ५ दिन बित्यो । फोहोर उठाउने सुरसार छैन बरु ५ दिनको अवधिमा केन्द्रीय सरकार र स्थानीय सरकारबीच वाकयुद्ध चलिरहेको छ । ६ दिन अघि बालेन साहले सिंहरदवारको फोहोर नउठाउने घोषणा मात्रै गरेनन्, यस्तै अवस्था रहे नेताहरुलाई सिस्डोलमा लगेर डम्प गरिने उद्घोष गरे । बालेन्द्रको रुखो शब्दयुक्त कडा धम्कीले संघीय सरकार क्रुद्ध बन्यो ।
बालेन साहलाई सिंहदरवारमै बोलाएर प्रधानमन्त्रीले कफी मिटिङ गरे । सम्झाई बुझाई गरे । तर अटेरी गरेपछि मन्त्रीपरिषद्को निर्णयबाटै बालेन साहलाई जिम्मेवारी बोध गर्न सचेत पत्र थमायो । त्यसलाई पनि लत्याइदिए । बरु सरकारले अझै समन्वय नगरेको भन्दै सचेत पत्रलाई धोती लगाउँदै बालेन साहले काठमाडौँको सभ्यता नजोगाउने भए राजधानी नै सार्न सुझाव दिए । उनले भनेका छन्, ‘कि काठमाडौँको हितमा काम गर्नहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडाँै बासीलाई कुनै आपत्ति छैन, सिंहदरबार सार्नुस कि राजधानी सार्नुस् ।
हामीलाई हाम्रो सम्पदा, संस्कृती, कला, सभ्यता चाहिन्छ, राजनीति हैन । उनको स्टाटसमा १० औँ हजार प्रतिक्रिया छन् । जुन बालेनको अभिव्यक्तिमाथि समर्थन गरिएका छन् । बालेनको स्टाटस आएको केही घण्टा नवित्दै सरकारको प्रवक्ता रेखा शर्माले बालेन साहले अराजकता निम्त्याउनै खोजेका हुन् ? भन्दै चेतावनीपूर्ण प्रतिउत्तर गरेकी छिन् ।
मनत्रीपरिषदको सचेत पत्र हातमा परिसकेपछि पनि बालेन साह नरोक्किनुको अर्थ उनी केन्द्र सरकारसंग जुध्नै खोजिरहेका छन् । काठमाडौँ महानगरको मुल्य मान्यता र आवश्यकतालाई बेवास्ता गरि केन्द्रीय सरकार अघि बढेपछि बालेन साह रुष्ट बनेको बुझ्न गाह्रो छैन । नदी संरक्षण देखि सकरारी जग्गाको संरक्षणजस्ता काममा सुरुवाती दिन देखिनै आक्रामक रुपमा लागेका साहलाई केन्द्र सरकारले सहयोग नगरेको आभाष भएको छ ।
जसले महानगर एक पछि अर्काे गर्दै आफ्नो निर्णयबाट पछि हट्नु परेको छ । विशेष गरि गृहमन्त्रालयले महानगरलाई अभियानमा साथ नदिई प्रहरीलाई रिजर्भ राखेकोमा बालेन शाहको आपत्ति छ ।यता गृहमन्त्री नारायाणकाजी श्रेष्ठले समन्वय नै गर्ने भए कानुनी प्रक्रिया अनुसार अघि बढ्न समेत महानगरलाई आग्रह गरेका छन्
साहको स्टाटस सरकारको चेतावनीले सिंहदरबार र बागदरबारको जुहारी अनिश्चित बनेको छ र मुठभेडको स्थिति श्रृजना गराइदिएको छ । भने, जनताले रोजेको आफ्नो तहगत सरकारहरु नै एक अर्काको विरुद्धमा उत्रदा आम नागरिकले चाहेको जस्तो समृद्ध मुलुक बन्नमा पनि शंक पैदा भएको छ ।
प्रतिक्रिया