Breaking

७०० मत गन्दा वरिष्ठ उपाध्यक्षमा संघईको अग्रता


काठमाडौँ – उद्योग वाणिज्य महासङ्घको चुनावमा एसोसिएटतर्फको ७०० मत गन्दा रामचन्द्र सङ्घले अग्रता लिएका छन् । मतगणनाको सुरुवाती नतिजा उल्ट्याउँदै संघईले अग्रता लिएका हुन् ।

७०० मतगणना हुँदा संघईले २७७ मत ल्याएका छन् । यस्तै अन्जान श्रेष्ठ दोस्रो स्थानमा छन् । उनले २१३ मत ल्याउदा उमेशलाल श्रेष्ठले २०३ मत ल्याएका छन् ।

एसोसिएटतर्फको मत १६४९ खसेको छ । यो गणना सकिएपछि जिल्ला नगर र वस्तुगततर्फको गणना सुरु हुनेछ ।