Breaking

अराजकलाई तह लाएरै छाड्छौं : नारायणकाजी श्रेष्ठ (भिडियोसहित)


काठमाडौँ – मुलुकको प्रमुख प्रशासनिक केन्द्रदेखि सिंहदरवारदेखि शितल निवासु र बालुवाटार निवासमा केही दिनदेखि फोहोर उठ्न सकेको छैन । केन्द्र सरकार र काठमाडौँ महानगरबीचका टकरावले यो विषय थप पेचिलो बनिरहेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र प्रमुख नेपाली राजनीतिक दलहरुबीचको सम्बन्ध टकरावपूर्ण छ । जुन हाल भइरहेको घटनाक्रमले पनि पुष्टि गर्छ । केन्द्रीय सरकारबाट कुनै सहयोग नपाएका महानगर प्रमुख बालेन्द्र साहले सिंहदरवारमा फोहोर नउठाउने विषय स्टाटसमा मात्रै सिमित राखेनन् । आफैँ टेलिफोन गरि फोहोर संकलन गर्ने समितिलाई सिंहदरवार, बालुवाटार र तिल निवासको फोहोर नउठाउन निर्देशन दिए । र काठमाडौँमा नागरिकको घरबाट फोहोर संकलन नियमित हुँदा यी तीन स्थानमा फोहोर संकलक गएनन् ।

काठमाडौँको फोहोर व्यवस्थापन देखि सुकुम्बासीद्धारा कब्जा गरिएका सरकारी जग्गा जमिनको संरक्षणका लागि महानगरपलिकाले विगत १० महिनदेखि नै पहल गरिरहेको छ । तर महानगरपालिकाको कदममा संधै संघीय सरकारले साथ नदिई अवरोध श्रृजना गरेकाले आफू पछि हट्नु परेकोमा बालेन्द्र साहको चित्त दुखाई छ ।

रोकिएको फोहोर संकलन कार्य कुन सहमती र सहकार्यमा पुन सुरु हुन्छ त्यो हेर्न बाँकी छ । यसै सन्द्रर्भमा योहो टेलिभिजनको सत्य संवाद कार्यक्रम उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गरिएको कुराकानी :