Breaking

उद्योगीहरुको चुनाव, अध्यक्षमा चन्द्र ढकाल सर्वसम्मत, उमेशलाल, अञ्जन र संघाईबीच वरिष्ठ बन्न लडाइँ


काठमाडौँ — वैङकको चर्को ब्याजदर, बैंककै मनपरी, राष्ट्र बैंक र सरकारका अव्यावहारिक नीति विरुद्ध भन्दै सडकमा छन । कोरोना महामारी हुँदै चरम आर्थिक मन्दीका कारण व्यवसायीहरु सडकमै आत्मदह गर्न बाध्य छन । यहि पेरीफेरीमा निजि क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनको सकसमा छ । निर्वाचनमा होमिएको महासंघले नयाँ नेतृत्व पाउँदै गर्दा उद्योगीहरुको अपेक्षा के छ त ? उद्योग वाणिज्य महासंघ एफएनसीसीआई नयाँ नेतृत्व चयनको दौडाहमा छ । महासंघको नेतृत्व चयन गर्नकै लागि देशभरका उद्योगी व्यवसायीहरु काठमाडौमा भेला भएका छन ।

देशभरका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले आगामी तीन वर्षका लागि केन्द्रिय कार्यकारणी समिति चयन गर्दैछ । देशभरका उद्योगी व्यवसायीहरुको छाता संगठन महासंघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सर्वसम्मत अध्यक्ष भईसकेका छन् । वरिष्ठ उपाध्यक्ष सहित अन्य कार्यकारणी सदस्यका लागि निर्वाचन भएको छ । महासंघको विधानत अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति आगामी कार्यकालमा स्वत अध्यक्ष हुने व्यवस्थाका कारण प्यानल सहित नै उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा छन ।

आ–आफ्नो प्यानलको जित निश्चित भएको दावी उम्मेदवारहरुको छ । उद्योग व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुले भोगि रहेको समस्यामा नीतिगत छलफल बहससँगै र मुलुकको आर्थिक समस्या सहजीकरणमा सरकारलाई झकझकाउने दावी उनीहरुको छ । कोरोना महामारीले थलिएको औद्योगिक क्षेत्र अहिले रुस यूक्रेन युद्ध साथै मुलुकको अस्थिर राजनीतिको चपेटामा पर्दै आएको छ । सुस्ताएको व्यवसाय तर वैङकको महंगो व्याजदरको पिरमा पिरोलीरहेका व्यवसायीहरु वैङक विरुद्ध सडकमा छन भन आफ्नो ज्यान नै दाउमा लगाई रहेका छन । घरेलु, साना, मझौला तथा ठूला उद्यमी व्यवसायी सबै समस्यामा छन ।

यस्तो अवस्थामा निजि क्षेत्रको प्रतिनिधित्व गर्ने महासंघमा आउने नयाँ नेतृत्वले व्यवसायीको उद्धारसँगै वैदेशिक लगानी भित्¥याउन जोड दिनुपर्ने व्यवसायीहरुको सुझाव छ । आर्थिक रुपमा मात्र नभई राजनीतिक रुपमा समेत मुलुक विषम परिस्थितिमा छ । अस्थिर राजनीतिको असर उद्योग क्षेत्रमा नपर्ने कुरा छैन । तथापी तत्काल वैङकिङ तरलता र वैदेशिक लगानी भित्¥याउने सवालमा नीति निर्माणमा महासंघले विशेष जोड दिनुपर्ने व्यवसायीहरुको सुझाव छ । सुरज वैद्य , पूर्व अध्यक्ष, उद्योग वाणिज्य महासंघ उद्योग वाणिज्य संघहरू चर्को ब्याजदर, बैंकको मनपरी, राष्ट्र बैंक र सरकारका अव्यावहारिक नीतिका विरुद्ध सडकमा छन । निजि क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनमा छन् ।