Breaking

रविमाथि प्रश्नै प्रश्न,सहयात्रीकै कारण आलोचनाको चाङमा,के उपनिर्वानमा भोट घट्दै छ ?


काठमाडौँ — आफ्नै कारणले उपनिर्वाचन हुदै गरेको चितवन २ बाट दोश्रो पटक निर्वाचत हुने तयारीमा लागेका रविमाथि अडियो प्रकरण पछिल्लो खड्गो बनेको छ । जहाँ ७२ घण्टे अल्टिमेटम दिएर अघि बढेका उनी त्यसअनुसार अघि बढ्न सकेनन् भने अडियोको सत्यताबारे पनि वोल्न सकेनन् । सवैभन्दा वढि मतान्तरले निर्वाचित भएसंगै सदनको पहिलो वक्तव्यमा कडा उत्रिएका रवि लामिछाने नयाँ र परिवर्तनको झिल्को थिए । फलत निकै उत्साहित देखिएका उनले भावनामै सहि आफ्ना सांसद कुनै हालतमा गलत हुनै नसक्ने दावी गरे । कुनै अनुचित काम गरे त्यसको जिम्मेवारी लिने बताएका उनले त्यहिबाट वोले – त्यस्ता कुनै काम भए म निर्मम बन्छु ।

त्यसपछि उपप्रधानमन्त्री सहित गृहमा पुगेको उनले नागरिकतामा झुट वोलेर चुनाव लडेको प्रमाणित भएपछि सवै गुमाए । लगत्तै पत्रकारमाथि भडाँस पोखेर वल्लतल्ल आफूलाई सम्हालेका उनीमाथि फेरि पासपोर्ट दुरुप्रयोगको तरवार झुण्डियो । त्यसबाट बच्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारसंग विश्वासको मतमा पासपोर्ट मुद्धा साटेका उनले पहिलो चोटि संसदमा दिएको खरो अभिव्यक्तिको उनैबाट खण्डन भईसकेको थियो । यहिवीचमा अमेरिकाका आर्थिक अपचलनको मुद्धाको विषय पनि चर्चामा थिए भने अहिले पनि नागरिकता लिएको ३ महिना नपुगेको भन्दै उम्मेद्वारी खारेजीको उजुरी नै परेको छ ।

यसरी आफै नैतिकताको प्रश्नबाट गुज्रिएका उनलाई ढाकाकुमार श्रेष्ठको दुई करोड काण्डले अर्को प्रश्न थपेको छ । नयाँ भनिएको शक्तीका सांसद नै सभापतीले दिएको नैतिकताको दुहाईलाई लोप्पा खुँवाउदै आर्थिक अपचलनमा सक्रिय भएपछि यो विषय आगो सरि फैलिएको हो । जसलाई चुनावी फण्डाका रुपमा वुझेका रविले पनि तत्कालै अर्को सहानुभूतिको अश्त्र खेल्दै ७२ घण्टामा सत्यतथ्य बाहिर ल्याउन नसकेक गढि माईमा वली दिन सार्वजनिक उद्घोष गरे । उनले भनेका कोर टिमलाई नै सडकमा घिसारेर ल्याउने समेत उनको भनाई थियो ।

तर अहिले परिस्थिती फेरिएको छ । विगतबाटै राम्रो छवि नभएका श्रेष्ठलाई लामिछानेले छानेरै गण्डकी प्रदेशको प्रमुख बनाएको छर्लङ भईसकेको छ भने सहकारी काण्डमा मुछिएकै वेला समेत सांसद बनाएको पनि कतैबाट छुपेको छैन । त्यस्तै लिग भएको अडियो समेत लामिछानेकै नजिककाले यसअघि नै सुनीसकेको समेत तथ्य बाहिरिएको छ । जसले अहिले नयाँ अडियो जस्तो नाटक गर्दै कारबाहीको ध्वास देखाएको आक्षेप रविमाथि लागेको छ भने ढाकाकुमार वलीको वोको मात्रै भएको भन्दै कोर टिम को भन्ने प्रश्न समेत व्यापक बनेको छ । यहि विचमा बयानका क्रममा समेत आफूलाई नजोगाए कोर टिम बाहिर ल्याईदिने धम्की श्रेष्ठले दिएको खवर समेत बाहिरिएका छन । जसले विगतमा भन्दा रविको छवि धमिलिएको तथा उनले पाउने मत समेत कमी हुने चर्चा समेत सुरु भएको छ ।

हुन पनि विगतमा गाली ओकेलेकैसंग मिलेर सत्तायात्रा गरेको देखि आफू मन्त्री हुन नपाँउदा अरुलाई समेत फिर्ता वोलाएको सम्मको आक्षेप रविमाथि छन । जहाँ अहिलेको प्रकरणमा समेत प्रसाईसँगको संवादको अडियो आफ्नो नभएको ढाकाले बताइरहेका भने सभापति लामिछानेमाथि ढाकालाई कारबाही गर्नुपर्ने दबाब छ । फलत उनले आगामी निर्वाचननै जितेपनि प्राप्त गर्ने मतमा समेत उनको धरातल प्रष्ट हुने भएकै कारण मिनि जनमतका रुपमा समेत उपनिर्वाचनलाई चर्चा गरिदा रविको छविमा आएको परिर्वनको जनमुल्यांकन हेर्न भने निर्वाचनको नतिजासम्म कुर्नैपर्ने हुन्छ ।